मानव बेचबिखन विरुद्ध राजापुरमा रणनीतिक योजना कार्यशाला सम्पन्न
समाचारदाता
नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी एवं राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ ।
क्लबद्धारा सञ्चालन गरिएको “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले मानव बेचबिखन विरुद्ध समुदायको प्रतिरोधात्मक क्षमता बढाउन यस्ता कार्यशालाले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित रणनीतिक योजना तयार पार्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।
सो कार्यशालामा वडा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ, तथा विभिन्न स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना...









