बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा
समाचारदाता
नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्यापक, शिक...









