बर्दियामा किशोरी सशक्तीकरणकालागि बाँके युनेस्को क्लबको पहल निरन्तर जारी
समाचारदाता
नेपालगन्ज, भदौ १५ । किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाउन बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बालिका शसक्त परियोजना अन्तर्गत बर्दियामा नियमित स्टिक एण्ड स्टोन सेसन सञ्चालन गर्दै आएको छ ।
यी सेसनहरू बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ तथा गुलरिया नगरपालिकाको वडा नम्बर ११ र १२ का किशोरी क्लबमा सञ्चालन भइरहेको क्लबले जनाएको छ ।
सो कार्यक्रमको मुख्य उद्देश्य किशोरी क्लबका सदस्यहरूलाई विभिन्न विषयमा सचेत र सक्षम बनाई उनीहरूलाई आफ्ना साथी, परिवार, समुदाय तथा सरोकारवालासँग ज्ञान र सीप बाँड्न सक्षम बनाउनु रहेको क्लबका उपनिर्देशक गोविन्द लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक क्लबमा २५ जना सदस्य सहभागी रहेकाछन् । क्लबहरूले छ महिनामा १८ वटा अन्तरक्रियात्मक सेसन पूरा गर्नेछन्, जसमा हानिकारक परम्परागत अभ्यासको अन्त्य, बालसु...









