वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान
समाचारदाता
नेपालगन्ज, साउन २१ गते । विगत लामो समयदेखि वातावरणको संरक्षणमा सक्रिय रहनु भएका बाँकेका वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान गरिएको छ ।
नेपालगन्जमा आयोजना गरिएको बिशेष कार्यक्रममा नेपालगन्ज १९ निवासी वातावरण संरक्षण अभियन्ता काफ्लेलाई दस हजार रुपियाँ नगद र सम्मान पत्रसहित पाचौं नाइस अवार्ड २०२५ प्रदान गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताउनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र गैसस महासँघका केन्द्रीय सचिब नमस्कार शाहले काफ्लेलाई संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले लामो समयदेखि वातावरण संरक्षण र हरित अभियानमा सक्रिय काफ्लेलाई यो अवार्ड प्रदान गर्दा खुशी लागेको जनाउँदै समाजमा राम्र...









