युवा उद्यमशीलता प्रवद्र्धन गर्न सार्वजनिक–निजी साझेदारी सरोकारवाला कार्यशाला
समाचारदाता
नेपालगन्ज, ११ वैशाख ११ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा युवा उद्यमशीलता प्रवद्र्धनकालागि सार्वजनिक–निजी साझेदारी विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीमा सञ्चालन गरिरहेको ग्रिन एकोनोमि तथा रुपान्तरण र नवपर्वर्तनकालागि युवा शसक्तिकरण परियोजना अन्तर्गत सो कार्यशाला आयोजना गरेको हो ।
उक्त कार्यशालाको मुख्य उद्देश्य युवा महिलामुखी आर्थिक गतिविधिहरूलाई सशक्त बनाउँदै उनीहरूको आय वृद्धि गर्नु, सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउनु, स्थानीय तह, निजी क्षेत्र र सहकारीबीच समन्वय अभिवृद्धि गर्नु, व्यवसायिक वातावरणका चुनौती र समाधान पहिचान गर्नु तथा हरित अर्थतन्त्रका सिद्धान्तलाई स्थानीय नीति तथा कार्यक्रममा समावेश गर्नु रहेको क्लबले जनाएको छ ।
कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका ...









