युनेस्कोद्धारा बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन
समाचारदाता
नेपालगञ्ज, चैत १९ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ ।
प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो ।
अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो ।
सोही प्रकारले सो टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अ...









