१३ बैशाख २०८१, बिहीबार

अर्थ

पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

पुर्वमन्त्री राईद्धारा इमरान एण्ड मुस्तफा ज्वेलर्स र वडा प्रचार कार्यालयको उदघाटन

अर्थ, ताजा-अपडेट, ब्यापार, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ७ । पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले सोमवार एक समारोहका विच नेपालगञ्ज ३ मा इमरान एण्ड मुस्तफा ज्वेलर्सको उदघाटन गर्नु भएको छ । नेपालगञ्ज ३ नेपाली मस्जिदको छेउमा गुलाम मुस्तफा जरगरद्धारा सञ्चालनमा ल्याईएको इमरान एण्ड मुस्तफा ज्वेलर्सको सोमवार साँझ पुर्व मन्त्री राईले उदघाटन गर्नुभयो । उहाँले नेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा रहेको जनाउँदै यसले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सञ्चालनमा आएको पसलले गर्ने व्यवसायमा सफलताका लागि उहाँले शुभकामना समेत सो अवसरमा दिनुभयो । सो अवसरमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य रमारानी वैश्य, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा, नेताहरु सफिक सिद्दीकी गुड्डु, अजय बर्मा र संगम पोखरेल लगायतको पनि उपस्थिति रहेको थियो । उक्त पसलमा सुनचाँदी व...
बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

बाँकेका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता आचार्यको निधन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ५ गते । बाँकेका वरिष्ठ व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको शनिवार विहान नेपालगञ्जमा निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ पुर्व केन्द्रिय सदस्य र नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रहनु भएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य आचार्यको शनिवार विहान ९ बजे भेरी अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगसंग लड्दै आउनु भएका ५९ बर्षीय आचार्यको उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष आइपी खरेलले बताउनुभयो । नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिने आचार्य २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार पनि बन्नु भएको थियो । लामो समय देखि क्यान्सर रोगले पिडित उहाँले लामो समय भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किनु भएको थियो । प्युठानको खैरामा जन्म...
पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

पुर्वमन्त्री राईद्धारा चाय सुत्ता बार युनिक प्वाइन्टको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत ३ । नेपालगन्जमा चाय सुत्ता बार युनिक प्वाइन्ट सन्चालनमा आएको छ । लुम्बिनी प्रदेशको पुरानो शहर नेपालगन्जको त्रिभुवन चोकस्थित नारायण माबि नजिक सञ्चालनमा आएको चाय सुत्ता बार युनिक प्वाइन्टको एक कार्यक्रमका बीच पुर्व मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बुधवार साँझ उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरपालिका ८ नम्बर वार्ड इकाईका अध्यक्ष सफीक सिद्दिकि गुड्डु, वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष निजामुद्दीन सिद्दिकी मुन्ना, हमीद शेष , हनीफ शेष तथा जसपाका नेताहरु श्रवण यादव, रमारानी गुप्ता, माजिद शेष लगायत लगायत ५० भन्दा बढीको उपस्थिति रहेको थियो । संचालनमा आएको युनिक प्वाइन्टमा हुक्का बार, चिया, कफि, स्वादिष्ट दहि लगायत पाइने प्वाइन्टका प्रोप्राइटर वसिम शेषले बताउनुभयो । उहाँले युवाको ...
भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

भारतीय पर्यटक आकर्षित गर्न नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’आयोजना गरिंदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २५ । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्रको प्रचार प्रसारसंगै भारतीय पर्यटकलाई बढभिन्दा बढी आकर्षित गर्ने उदेश्यका साथ नेपालगञ्जमा पहिलो पटक ‘वेष्टर्न ट्राभल मार्ट’ विहिबारदेखि आयोजना गरिंदैछ । सो मार्टमा भारतका विभिन्न ठुला सहरबाट ५० भन्दा बढी पर्यटक व्यवसायी र नेपालका सातवटै प्रदेशबाट सोही संख्याका व्यवसायीको सहभागिता रहने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । फागुन २६ देखी २८ गतेसम्म नेपालगञ्जमा आयोजना गरिने सो ट्राभल मार्टको तयारी पुरा भएको र भारतीय पर्यटन व्यवसायीहरु यहाँ पुगिसकेको अध्यक्ष सिग्देलले बताउनुभयो । नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको मुल आयोजना, नाट्टा बाँकेको आयोजना तथा पर्यटन प्रर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका प...
शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

शसस्त्र प्रहरीद्धारा चार लाख रुपियाँको अवैध कपडा सीमा नाकाबाट बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २४ । सशस्त्र प्रहरीको जमुनाह बिओपीले नेपालगन्जको सिमा नाकाबाट चार लाख रुपैयाँ भन्दा बढीको भारतबाट भित्र्याईएको अवैध सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरीको जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट मंगलवार दिउँसो साढे २ बजे तस्करी गरेर नेपालगन्ज ल्याउँदै गरिएको ४ लाख रुपैयाँ बढीको अवैध लत्ताकपडा बरामद गरेको हो । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले जमुनाह गाउँ हुँदै नेपालगन्ज भित्र्याउन लागिएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएका सबै सामाग्रीलाई आवश्यक कारबाहीका लागि मंगलवारनै नेपालगन्ज भन्सारमाम बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।  ...
यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगी भएको सेवाग्राहीको गुनासो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १८ । नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा विचौलियाको विगविगि रहेको लगायतका थुप्रै गुनासो त्यहाँ काम विशेषले जाने सेवाग्राहीले गरेका छन् । बागेश्वरी असल शासन क्लब नेपालले बुधवार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सेवाग्राहीको गुनासो संकलन गर्ने क्रममा सो गुनासो गरिएको हो । त्यहाँ रहेका ५० बढि सेवाग्राहीहरुले कार्यालयको काम प्रति व्यापक रुपमा गुनासो गरेका छन् । सेवाग्राहीहरुले समयमा स्मार्ड कार्ड नआएको, सेवा, सबिधा प्रबाह गर्दा चरम ढिलाई हुने गरेको, टोकन प्रणाली लागु नहुँला भनसुन, सोर्सफोर्स व्यापक रुपमा हुने गरेको, सवारी पार्किंग अस्तव्यस्त रहेको, शौचालय, पिउने पानीको व्यवस्था नभएको, नागरिक सहायता कक्ष नभएको, प्रतिक्षालयको व्यवस्था नभएको, सरसफाई नभएको, गुनासो सुनुवाई नुहुने गरेको गुनासो गरेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ...
नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

नेपाल भारत बोर्डर बन्द भएपनि भारतबाट हुने तस्करी जारी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । भारतको उत्तर प्रदेशमा भैरहेको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपाल भारत बोर्डर ६० घण्टाका लागि बन्द गरिएपनि तस्करी र अवैध आयात जारी नै छ । बोर्डर बन्द रहेकै अवस्थामा तस्करहरुले अवैध रुपमा सामान भित्रयाउने काम भने जारी नै राखेका छन् । बोर्डर बन्द रहेकै बेला सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएको करिब तीन लाख रुपियाँ बराबरका अवैध लत्ताकपडा नेपालगन्ज नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतवार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएक...
वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

वन्यजन्तुका अंगको तस्करी जारी, चितुवाको छालासहित तीन जना फेरी पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ फागुन । दांगमा रेडपाण्डाका पाँच वटा छाला प्रहरीले नियन्त्रणमा लिएको घट्ना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको छालासहित ३ जनालाई फेरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं.५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को आकाश परियार र सोही ठाउँको वडा नं.९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क.रहेका छन । बाँके बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलस्थित भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन भन्ने बिशेष सूचनाको आधारमा इप्रका कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार, पैदल हिडिरहेको बेला फेला परि उनीहरुको खानतलासी गर्दा ब...
भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, फागुन १४ । भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् । अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ । कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् । कोरोना महामारी घट्दै जाँदा अहिले बाँक...
भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ । बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ । यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ । भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो ...