१५ बैशाख २०८१, शनिबार

अर्थ

अवैध आयात विरुद्ध प्रहरी सक्रिय, एकलाख ३३ हजारको सामान बरामद

अवैध आयात विरुद्ध प्रहरी सक्रिय, एकलाख ३३ हजारको सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २४ । भन्सार राजस्व छलेर भारतबाट ल्याउने गरिएको अवैध सामानका विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ । तर, सो संगसंगै तस्करहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । प्रहरीले पछिल्लो समयमा आएर सोमवार नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको १ लाख ३३ हजारको अवैध सामान बरामद गरेको छ । भन्सार राजस्व छलेर ल्याईएको बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो । विष्टका अनुसार तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । लागु औषधको ओसारपसार र कारोबार ...
वडा प्रहरीद्धारा भारतबाट भित्रयाईएका ८ कुइन्टल कुखुरा र तीन मोटरसाइकल बरामद

वडा प्रहरीद्धारा भारतबाट भित्रयाईएका ८ कुइन्टल कुखुरा र तीन मोटरसाइकल बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २४ । प्रहरीले भारतबाट ल्याउन प्रतिवन्ध लगाईएका ठुलो परिमाणमा कुखुरा र ओसारपसारमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नवाजी गाउँबाट ८ कुइन्टल अवैध तथा हानिकारक कुखुरा बरामद गरेको हो । गत केही समयदेखि नेपाली कुखुरा पालक किसान र कुखुरा उत्पादक व्यवसायीले प्रहरी प्रशासनमाथि भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव दिंदै आएका छन् । किसान र व्यवसायीको मागलाई ध्यानमा राखेर प्रहरीले पनि कडाई शुरु गरेको देखिएको छ । सोही क्रममा केही समययता आएर दैनिकजसो अवैध कुखुराहरु बरामद गर्ने कार्यले तिव्रता पाएको छ । सोही क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले जानकि गाउँपालीका वडा नं. २ नवाजी गाउँबाट तीनवटा मोटरसाइकलमा भित्र्याइएका ८ कुइन्टल अवैध कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निर...
नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

नर्स बनाईदिन्छु भन्दै तीन महिलाबाट ८ लाख बढी ठगीयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २३ । बाँकेकै एक प्रतिष्ठित अस्पतालमा नर्सिङ्ग अध्ययन तथा नर्स बनाउँछु भन्दै तीन महिला ठगिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुई जना महिलासंग नर्सिङ्ग अध्ययन तथा नर्सको जागिर लगाउँछु भनेर ८ लाख रुपियाँ ठगि गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । नर्सिङ्ग अध्ययनका लागि तीन लाख र जागिरका लागि पाँच लाख गरेर दुई जनाको ८ लाख ठगिएको उजुरी परेको प्रहरीले जनाएको छ । नर्स बनाउँछु र जागिर लगाउँछु भनेर ठगिएको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएकोले प्रहरीले अनुसन्धान गरिरहेको बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँले ‘घटनाबारे अनुसन्धान अघि बढेको जनाउँदै तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताउनुभयो । आफुलाई नर्स बताउने दुई जनाले नर्सिङ्ग अध्ययनका लागि नाम निकालिदिने र जागिर लगाइदिने भन्दै...
कोहलपुर अस्पताल भवनको निर्माण गुणस्तरहीन–स्थानीय, गुणस्तरहीन छैन– नगरपालिका

कोहलपुर अस्पताल भवनको निर्माण गुणस्तरहीन–स्थानीय, गुणस्तरहीन छैन– नगरपालिका

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २२ । कोहलपुर नगर पालिका कार्यालयको प्रांगणमा निर्माण भैरहेको अस्पताल भवन निर्माणको क्रममा गुणस्तरहीन निर्माण कार्य भैरहेको आरोप लागेको छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै झण्डै १० करोडको लागतमा निर्माण भई रहेको अस्पतालको जग निर्माणका क्रममा हालिने टाई बिम निमाण गर्दा गुणस्तरहीन कार्य गरिएको गुनासो उठेको हो। कुनैपनि भवनको बलियो निर्माणका लागि टाई बिम जमिन सतह मुनिबाटै निर्माण गनु पर्ने हुन्छ । तर सो अस्पतालमा त्यसो नगरी हिलो माथि निर्माण भई रहेको जनाईएको छ । हिलो माथि निर्माण गर्दा कतिपय स्थानमा टाई बिम भत्की सकेको तथा लच्केको भए पनि हिलो माथि नै बिम राख्ने काम भने नरोकीएको स्थानीयले जनाएका छन् । टाई बिम अधिकांस स्थानमा भत्कीसकेको भएपनि त्यसलाई सुधार गर्ने भन्दा हिलो माथि नै बिम हाल्ने काम नरोकीएको स्थानीयको भनाई छ । कोहलपुर नगरपालिका कार्यालय भित्रै...
वर्षाले बाँकेका ६० इँटा उद्योगमा २० करोडको क्षति, व्यवसायी समस्यामा

वर्षाले बाँकेका ६० इँटा उद्योगमा २० करोडको क्षति, व्यवसायी समस्यामा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ । नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताउनुभयो । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको उहाँले बताउनुभयो । एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताउनुभयो । व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश...
भारतबाट प्रतिवन्धित कुखुरा र मासु ल्याउने क्रम निरन्तर जारी, रोक्न किसान र व्यवसायीको माग

भारतबाट प्रतिवन्धित कुखुरा र मासु ल्याउने क्रम निरन्तर जारी, रोक्न किसान र व्यवसायीको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । भारतबाट हुने कुखुरा र कुखुराको मासुको अवैध आयात निरन्तर जारीनैछ । कुखुरापालक किसान र व्यवसायीले पटक पटक सो अवैध आयात रोक्न माग गर्दै आएपनि सो नरोकिएको पाईएको छ । किसान र व्यवसायीको दवाव बढेपछि प्रहरीले पक्राउ गरेर देखाउने गरेको छ भने फेरी प्रहरी अर्कै काममा व्यस्त हुने गरेको र तस्करले आफ्नो काम मजाले गर्ने गरेको पाईएको छ । कुखुरापालन गर्ने व्यवसायीले भारतबाट आउने न्युन गुणस्तरको हानिकारक र बर्डफ्लुको जोखिम रहेको कुखुरासंग प्रतिष्पर्धा गर्न नसक्दा व्यवसायनै छोडेर बस्नु परेको दुखेसो गरिरहेका छन् । तर, पनि भारतबाट न त कुखुरा र चल्लाको अवैध आयातनै बन्द भएको छ न त बर्डफ्लुको सन्त्रासनै समाप्त भएको छ । नेपालमा दाना मंहगो हुँदा भारतबाट आउने कुखुराभन्दा केही मंहगो पर्ने हुँदा अधिकांशले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुरा र मासु विक्रि गरिरहेकोले समस्या...
बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

बर्डफ्लुको उच्च जोखिममा पनि भारतबाट अवैध कुखुरा भित्रिंदै

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, माघ १९ । भारतका धेरै ठाउँमा बर्डफ्लु देखिएकोले बर्डफ्लु भित्रिने अत्याधिक जोखिमका विच पनि भारतबाट कुखुराको अवैध आयाते रोकिएको छैन । बर्डफ्लु भित्रिने आशंकाकै कारण भारतबाट कुखुराको आयातमा पुर्ण रुपमा प्रतिवन्ध लगाएर सीमानामा कडाई गरिएपनि भारतबाट दिनदिनै तस्करहरुले कुखुरा भित्र्यान भने छोडेका छैनन् । पछिल्लो पटक मंगलवार नेपालको पुर्वि जिल्ला मोरंगको सीमानामा पनि कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीले बेला बेलामा अवैध रुपमा ल्याईएका कुखुरा नियन्त्रणमा लिंदै आएपनि ड्युटीमा रहेका प्रहरीकै सेटिंगमा कुखुरा आइरहेकोले बर्डफ्लु भित्रिन सहयोग पुगिरहेको किसान र व्यवसायीको आरोप छ । पछिल्लो पटक मंगलबार प्रहरी र शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएका ठुलो परिमाणका कुखुरा नरैनापुर र जानकीबाट बरामद गरेको छ । स्थानीय व्यवसायी र किसानले यसरी कुुखराको अवैध आयात जारी रहने हो...
कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

कोहलपुर बसर्पाक निर्माणको ४५ प्रतिशत काम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
गोविन्द शर्मा बाँके, माघ १९ गते । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको छ । अत्यधिक सवारी चाप ब्यवस्थापनका लागि कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ । कोभिड सङ्क्रमण तिव्ररुपमा बढिरहेको अहिलेको अवस्थामा समेत बसपार्क निर्माण कार्य तिव्ररुपमा अघि बढिरहेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । २०७७ फागुन २४ गते २७ करोड ८४ लाख ६६ हजार रुपियाँमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । हालसम्म सन्तोषजनक रुपमा काम अघिबढेको छ, नगर प्रमुख रावतले भन्नुभयो –“कोभिड महामारीका बीच पनि अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।” बसपार्क २०७९ फागुन २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहेको छ । कोहलपुर चौराहभन्दा पुर्वतर्फ फराकिलो संरचनासहित बसपार्क निर्माण भइरहेको नगरप्रमुख रावतको भनाई छ । निर्माणधि...
सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

सशस्त्र प्रहरीद्धारा भारतबाट भित्रिएको हानिकारक माछा र प्रतिवन्धित कुखुरा बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, माघ १९ । तस्करी र अवैध आयात नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरीको टोलीले विभिन्न स्थानबाट लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगन्ज १५ पिप्रहवा सिमा नाकाबाट डेढ क्विन्टल माछा र माछा तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । बरामद गरिएका ३७ हजार ५ सय रुपैयाँ माछालाई क्वारेन्टाइन कार्यालय बुझाई नस्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक जनक राज बस्नेतले बताउनुभयो । सोही प्रकारले सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जनाउनु भए...
नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

नेपालगञ्जको अव्यवस्थित पार्किंगलाई व्यवस्थित गर्दै ट्राफ्रिक प्रहरी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १८ । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएको सवारी साधन र ठेलागाडालाई ब्यबस्थित गर्न शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज बजार क्षेत्रमा जथाभाबि पार्किङ गर्ने प्रचलननै कायम भैसकेकोले सो मा सुधार ल्याउनका लागि जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले पार्किंगलाई व्यवस्थित गर्न थालेको ट्राफ्रिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले बताउनुभयो । उहाँका अनुसार सो क्रममा नेपालगञ्जको त्रिभुवन चोक र सदरलाइनमा अव्यवस्थित तरिकाले जथाभावि पार्किंग गरेर राखेका मोटरसाईकल, ठेलागाडालाई जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय बाँकेले मंगलवार ब्यबस्थित गरेको छ । नेपालगन्ज बजारको बिभिन्न स्थानहरुमा जथाभाबी पार्किङ गरि राखेका सवारी साधन मोटरसाईकल, स्कुटी, अटो, ठेलागाडाहरुलाई जिल्ला ट्राफ्रिक प्रहरी क...