नरैनापुरमा डिप बोरिंग र राहात माग गर्दै प्रजिअलाई ज्ञापन बुझाइयो, अर्थमन्त्रीसंग पनि राहात माग
समाचारदाता
नेपालगञ्ज, भदौ १६ । सुख्खाग्रस्त घोषित बाँकेको नरैनापुर गाँउपालिकाले डिप बोरिङ्ग र राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत नोपल सरकारलाई ज्ञापन बुझाएको छ । नरैनापुर गाउपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभाका सांसद कृष्णा केसी नमुनाको विशेष उपस्थितिमा सो ज्ञापन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई विहिबार बुझाउनुभयो ।
सो ज्ञापनमा गतवर्षको बेमौशमी वर्षातका कारण भित्र्याउने अवस्थाको धानबालीको ठूलो नोक्सानी बेहोर्नु परेका नरैनापुरका किसानले लामो समयको खडेरीको कारण धान समेत रोप्न नपाएको अवस्थामा पालिकाको सबै वडाका किसानलाई सिचाईको सुविधा हुने गरी डिप बोरिङ्ग जडान गर्न र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
नरैनापुरमा खडेरीका कारण धान रोप्न साथै बर्षातमा लगाईने खेती समेत लगाउन नपाएको अवस्थामा आगामि दिनमा किसानले सुख्खा र खडेरी व्यहोर्न नपर्ने ग...









