२२ बैशाख २०८१, शनिबार

अर्थ

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

भारतबाट कुखुरा र हाँसको मासु तस्करी, प्रहरीद्धारा साढे तीन लाख बढीको मासु बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन १३ । नेपालका कुखुरा पालक किसान र कुखरा उत्पादक व्यवसायीले भारतबाट भैरहेको कुखुराको अवैध आयात रोक्न दवाव बढाएपछि प्रहरीले सक्रियता बढाउँदै धमाधम अवैध कुखुरा नियन्त्रणमा लिईरहेकै बेला अहिले आएर भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ । बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ । यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रुपमा भित्रिने गरेकोले नेपाली किसान र व्यवसायी सर्वाधिक मारमा परेको उनिहरुको गुनासो छ । भारतमा सस्तो पाइने गुाण्स्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक मासु भित्रिने क्रम नरोकिएकोले बाँकेका व्यवसायीले लगानी गरेको करोडौं लगानी डुब्ने अवस्थामा आएको व्यवसायीले निरन्तर गुनासो ...
सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

सदाबहार सामुदायीक वनको अनियमितता छानविन गर्न अधिकांश उपभोक्ताको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नरैनापुर गाउँपालिकामा पर्ने एक सामुदायीक वनका पदाधिकारीले मनपरी तरिकाले काठ कटान र विक्रि संगै आर्थिक हिनामिना समेत गरेको आरोप लगाउँदै उपभोक्ताले छानविन र कारवाहीको माग गरेका छन् । नरैनापुर गाउँपालिका ४ मा रहेका सदाबहार सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षसहितका पदाधिकारीले मनपरी गरेर अवैध काम गर्नुका साथै उपभोक्ताप्रति भेदभाव गरेको आरोप आम उपभोक्ताको छ । नरैनापुर ४ खोदोवामा बुधवार उपभोक्ता समितिले बोलाएको भेलामा सहभागि उपभोक्ताले आफुहरुले रकम तिरेर पनि काठ नपाएको, रकम बढी तिरेको तर काठ कम पाएको र बाँकी पैसा फिर्ता नगरिएको र आर्थिक हिनामिना समेत भएको आरोप लगाए । भेलामा आफ्नो कुरा राख्दै उपभोक्ता समितिका साधारण सदस्य कमलेश पाठकले समितिले मनपरी गरिरहेको, बैठक र भेला नगरेर घरघरमा माइनुट पठाएर हस्ताक्षर गराई निर्णय गर्ने गरेको, तिरेको रकमको काठ द...
आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

आन्दोलनलगत्तै खजुराको सडक कालोपत्रे गर्न शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ७ । सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले चक्काजाम गरे लगत्तै खजुराको १८ सय मिटर फोर लेन सडकको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । ४ वर्षसम्म पनि सो सडक नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले शनिबारदेखि आफ्नो कामलाई तिव्रता दिएको छ । केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन आन्दोलन गर्न...
धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

धम्बोझीस्थित राष्टिय वाणिज्य बैंकमा तोडफोड गर्ने पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । नेपालगन्जको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जस्थित राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा प्रवेश गरि महत्वपूर्ण कागजात, दराज लगायतका सामान तोडफोड गरि फरार रहेका ती युवालाई नियन्त्रणमा लिइएको हो । कैलाली जिल्लाको टिकापुर–९ घर बताउने २६ वर्षिय सञ्जु विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही र अनुसन्धान अगाडी बढाएकोछ । पक्राउ परेका विकका साथबाट एउटा खुकुरी समेत बरामद गरिएकोछ । प्रहरीका अनुसार विकले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी स्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि एक्कासी तोडफोड गरेका थिए । विकले बैंकमा तोडफोड गर्नुको कारण थाहा नभएको जनाउँदै सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले बताएकोछ ।...
श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

श्रोत खुलाएपनि भारतीय सुरक्षाकर्मीद्धारा ६ लाख बढी भारुसहित नेपालीलाई सीमामा पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ६ । भारतबाट नेपाल आउने क्रममा ६ लाख भन्दा बढी भारतीय रुपियाँ बोकेका एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले नेपालगञ्ज नाकामा पक्राउ गरेको छ । भारतबाट फर्किएका जाजरकोटका धर्म बिसीलाई भारतीय सीमा रुपैडिहामा खटिएको भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको संयुक्त टोलीले चेकजाँचका क्रममा ६ लाख ४० हजार भारुसहित पक्राउ गरेको हो । सीमानामा चेकजाँच गर्दा बिसीसँग रहेको ६ लाख ४० हजार भारतीय रुपियाँ फेला परेपछि उनलाई पक्राउ गरिएको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रमोद तिवारीले बताउनुभयो । उहाँले भारत उत्तरप्रदेशमा निर्वाचन चलिरहेकोले सीमामा सुरक्षाकर्मीले चेकजाँच बढाएको बेला यति ठुलो रकम बोकेर प्रहरीलाई कुनै जानकारी नै नदिईए आएकोमा अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । निर्वाचनका समयमा भारतमै पनि ५० हजार भन्दा कम रकम मात्र बोकेर हिड्न सक्ने त्यो भन्दा बढी भए ...
भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् । पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो । जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आय...
लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
जे पाण्डे नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो । प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागू...
सुर्खेतरोड विस्तारमा सडक डिभिजनद्धारा सरकारको निर्णय उलंघन

सुर्खेतरोड विस्तारमा सडक डिभिजनद्धारा सरकारको निर्णय उलंघन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २ । नेपालगञ्जको सुर्खेतरोड विस्तार गर्ने नाममा सडक विभागले आतंक मच्चाइरहेको भन्दै नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा आइसकेको विषय विपरीत संरचना भत्काउनका लागि बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल यो कार्य रोक्न माग गरेको छ । सडक विभागले गरिरहेको यस्तो कार्य भत्सर्नायोग्य भएको नेपालगञ्ज नगर कार्यसमितिको ठहर छ । सडक विस्तारका नाममा बर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको उसको भनाई छ । सुर्खेतरोड विस्तार गर्ने क्रममा यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (ब...
डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २९ । छात्रालाई शिक्षामा टिकाइ राख्नका लागि डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका १२२ छात्राहरुलाई साईकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो । विक्रम सम्बत २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १२२ जना छात्रालाई साईकल वितरण गरिएको हो । शनिबार एक समारोहका विच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त...
सामुदायीक वनबाट अवैध रुपमा काटिएको ५० क्युफिट काठ बरामद

सामुदायीक वनबाट अवैध रुपमा काटिएको ५० क्युफिट काठ बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध चोरी पैठारी र तस्करीका घट्नाहरु हुने गरेको बाँकेमा अवैध काठ कटान र काठ तस्करी पनि बढेको पाईएको छ । पछिल्लो समयमा आएर बाँके जिल्लाका धेरै सामुदायीक वनमा कतै सामुदायीक वनकै पदाधिकारी त कतै काठ तस्करहरुद्धारा अवैध वन फडानी र काठ कटान भैरहेको पाईएको छ । सोही क्रममा बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा तस्करी गर्ने उदेश्यले राखिएको उक्त काठ फेला पारेको थियो । प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको प्रहरीले जनाएको छ ।...