११ बैशाख २०८१, मंगलवार

अर्थ

सामाजिक सुरक्षा भत्ता वितरण नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सामाजिक सुरक्षा भत्ता वितरण नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २९ । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथी सुनवाइ गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै असक्त हिडडुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रर्णालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुदा बृद्धहरुले प्राप्त गर्न नसकि सरकारले दिएको उक्त सुविधाको कार्यन्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ । भने जेष्ठ नागरिकहरुलाई पुर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास ...
मेल्भिनको जन्मोत्सवमा लायन्स क्लबद्धारा पुरैनीका जेष्ठ नागरिकलाई कम्बल वितरण

मेल्भिनको जन्मोत्सवमा लायन्स क्लबद्धारा पुरैनीका जेष्ठ नागरिकलाई कम्बल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ पुस । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । साताव्यापी कार्यक्रम अन्तर्गत बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको हो । सामाजिक कार्यका लागि विश्वभर प्रख्यात संस्था लायन्स क्लब इन्टरनेसनल । जसले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिरहेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पुर्व अध्यक्ष सावित्री वस्नेतले बताउनु भयो । विश्वभरमा केल्भिनको जन्मोत्सवमा सामाजिक काम गर्ने गरिएको उहाँले बताउनु भयो । बुधबार ल...
घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २७ । बुझाईसकेको विद्युत महसुलमा फेरी थप बुझाउनु पर्ने भनि खजुराका साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेको सम्बन्धमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले गरेको आग्रह र ध्यानाकर्षणलाई बेवास्ता गरिएकोले महासंघले प्राधिकरण विरुद्ध धर्ना, तालाबन्दी र घेराउससहित कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । विद्युत प्राधिकरणको लापरवाहीले मारमा परेका उद्यमि एवंम सरोकारवालाहरुसंग मंगलवार भएको छलफलले छुट रकमको नाममा उद्योग बन्द गर्ने प्रपन्चमा विद्युत प्राधिकरण कार्यालय नेपालगंज लागेको निश्कर्ष सहित उक्त छुट रकम कुनै पनि सर्तमा तिर्न नसकिने तथा माग बमोजिम कुनै सुनुवाई पनि नभएकाले बाध्यताबस चर्को बिरोधका कार्यक्रम गर्नुपरेको जानकारी महासंघले प्रेस विज्ञप्ती मार्फत दिएको छ । जिल्ला भित्र यस्तै किसिमको अन्य उद्योगहरुमा समेत प्राधिकरण सोही प्रकारका पत्र काटि...
६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

६५ करोडको लागतमा नेपालगञ्जमा अत्याधुनिक दाना उद्योग सञ्चालनमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस २६ गते । बाँकेमा पहिलो पटक पश्चिम नेपालकै सबैभन्दा अत्याधुनिक र ठुलो क्षमताको दाना उद्योग सोमवारबाट सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्तामा सो उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कुखुरा, माछा र पशुको दानाको अभाव नहुने दावी गरिएको छ । सोमवारबाट सञ्चालनमा ल्याईएको सो अत्याधुनिक उद्योगले एक घण्टामा सय क्वीन्टल दाना उत्पादन गर्ने जनाउँदै उद्योगका सञ्चालक कामरान राईले आवश्यक परेमा एक दिनमा हजारदेखि १२ सय क्वीन्टल भन्दा बढी विभिन्न दाना उत्पादन गरिने बताउनुभयो । उक्त उद्योगका लागि ९ हजार क्वीन्टल क्षमताको गोदाम समेत निर्माण गरिएको सञ्चालक राईले बताउनुभयो । उहाँले अब दानाका लागि यस क्षेत्रका किसानलाई चितवन वा अन्य जिल्लामा जानु पर्ने बाध्यता समेत अन्त भएको जनाउनुभयो । उद्योग सञ्चालनको पहिलो दिननै करिब ७ स...
र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

र्सावजनिक यातायातमा बाँकेका विद्यार्थि र जेष्ठ नागरिकले पनि भाडामा छुट पाउने सहमति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । नेपाल सरकार, यातायात व्यवस्थाविभागले विद्यार्थि, जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई यातायातमा ४५ प्रतिशत भन्दा बढी भाडामा छुट दिने भनि गरेको निर्णयलाई बाँकेमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको छ । सो निर्णय कार्यान्वयनका लागि नेकपा विप्लव निकट अखिल क्रान्तिकारी तथा जसपा निकट समाजवादी विद्यार्थी युनियन बाँकेले गत केही महिनादेखि आन्दोलन गर्दै आएको थियो । सोही आन्दोलनको फलस्वरुप आइतवार बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा भाडामा छुट दिने निर्णय कार्यान्वयन गर्ने सहमति भएको समाजवादी बिद्यार्थी यूनियन बाँकेका सह संयोजक इमरान जरगरले बताउनुभयो । उहाँले बैठकले यातायात क्षेत्रमा पाउनुपर्ने विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ५० प्रतिशत छुट कार्यान्वयन...
डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ। परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष ...
नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ । नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् । संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकार...
कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

कश्मिरा खातुनको गारमेन्टमा आगलागि हुँदा चार करोडको क्षति

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १७ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारीटोलस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा शुक्रवार राति आगलागी हुँदा चार करोडको क्षति भएको छ । आगलागीबाट उद्योग भित्र रहेका सबै मेशिन, कच्चापदार्थ तथा तयारी कपडा जलेर नष्ट भएको उद्योग सञ्चालक कालिमिया कस्मिरा खातुनले जानकारी दिनुभयो । राती एक बजे आगलागी भएको थाहा पाएपछि तुरुन्त नेपालगन्ज उपमहानगरपालिकाको दमकलाई खबर गरेपनि एक घण्टापछि आएर आगो नियन्त्रणमा लिएको खातुनले बताउनुभयो । के कारणले आगलागी भएको हो भन्ने जानकारी नभएपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने गार्मेन्ट सञ्चालक खातुनको भनाई छ । उद्योगमा सुईटर लगायतका उलनका कपडा उत्पादन हुँदै आएको थियो । आगलागीबाट सुईटर उत्पादन गर्ने पाँच वटा अटोजाईका मेशिन र एउटा सर्कुलर ईन्टरलक मेशिन लगायत कच्चापदार्थ र तयारी कपडा गरि चार करोड बढी क्षति भएको उद्योग सञ्चालक...
नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

नेपालगञ्जमा फलामलाई सुन बताई ठगी गर्ने दुई जना ठुलो रकमसहित पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । बाँकेको नेपालगञ्जबाट फलामलाई सुन बताएर ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई १ किलो लेखिएको सुन जस्तो देखिने बिस्किट, करिब तीन लाख नगद तथा ४ लाखको चेकसहित प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंवर २० राँझा चोक नजिक सुनको कारोबार भैरहेको सुचनाको आधारमा त्यहाँ पुगेको प्रहरीको टोलीले १ किलो लेखिएको सुनको बिस्कुट, २ लाख ७७ हजार रुपियाँ नगद तथा चार लाखको चेकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले अवैध रुपमा सुनको कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा राँझा चोकबाट नक्कलीे सुन र नगद तथा चेकसहित जाजरकोटको बारेकोट गाउँपालिका ६ का २२ बर्षीय राजु कार्की र सोही बारेकोट गाउँपालिका वडा नं– ८ का २९ वर्षीय पुर्ण बहादुर बिकलाई पक्राउ गरिएको बताउनुभयो...
तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ । सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो । बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अत...