१७ बैशाख २०८१, सोमबार

अर्थ

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल  सम्मानित

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ । सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बि...
प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असोज ९ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नु भएको थियो । सोही प्रस्तुतीको आधार...
युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो । उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी ...
बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

बर्दियाका बाढी पिडितलाई राहात र सहयोग उपलब्ध गराउने कार्य तिव्र

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १ । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ । युके एड स्टारफन्डको सहयोग र प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको सानो अवधीको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न राहात सामाग्री उपलब्ध गराउने कार्य तिव्र गतिमा भइरहेको छ । बर्दियाको गुलरिया, ठाकुरबाबा, बाँसगढी र बारबर्दिया नगरपालिकाका बाढी प्रभावितलाई राहात वितरण गर्ने कार्य हाल अन्तिम चरणमा पुगेको बाँके युनेस्को क्लबले जनाएको छ । सो क्रममा हाल कामका लागि नगद कार्यक्रम अन्तर्गत चारवटै पालिकामा रहेका बाढी प्रभावितलाई बाढी र डुबानबाट जोगाउने विभिन्न काममा लगाएर रकम सहयोग गर्ने कार्य भइरहेको परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभय...
बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

बर्दियाको ठाकुरबाबामा असोज तीन गते रोजगार मेला संचालन गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा असोज ३ गते रोजगार मेला संचालन गरिने भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लवको सहजिकरणमा संचालन गरिने सो मेलाको तयारीकालागि ठाकुरबाबा नगरपालिकाका उप—प्रमुख बिनाकुमारी भट्टराईको अध्यक्षता र जिल्ला समन्वय प्रमुख सुर्यबहादुर विष्टको प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ । वेरोजगार युवाहरुलाई सीप, सेवा र रोजगारीमा पहँुच पुरयाउने उदेश्यले रोजगार मेला संचालन गर्न लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी, महिला विकास अधिकृत गोगनसरा आचार्य, वडा अध्यक्षहरु, क्यान, नगरस्तरीय सहकारी सञ्जाल, प्रर्याप्रयटन विकास मञ्च, होटेल संघ न...
बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

बर्दिया गुलरियाका युवा महिलालाई रोजगार प्रवद्र्धन तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २६ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकाका युवा महिलाहरुको रोजगार प्रवद्र्धनका लागि उनिहरुको क्षमता बढाउन तालिमको आयोजना गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । रोजगारीको तलाशमा रहेका युवा महिलालाई रोजगारीका लागि बायोडाटा सिर्जना गर्न, रोजगारीका बारेमा विस्तृत जानकारी गराउन र अन्तर्वार्ता मोडलको अभ्यास गर्न मद्दत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले यस्ता तालिमबाट युवा महिलाको रोजगारी खोज्ने क्षमताको विकास हुने र रोजगारीमा लाग्न मद्दत मिल्ने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले य...
रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

रोजगार प्रवद्र्धनकालागि युवा महिलालाई क्षमता विकास तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २४ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाका लागि प्रदान गरिएको सो रोजगार सम्बन्धि क्षमता अभिबृद्धि तालिमबाट उनिहरुलाई रोजगार सम्बन्धि कार्यहरुमा ठुलो सहयोग पुग्ने बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहनु भएको छ भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछाने र फिल्ड सहजकर्ता कञ्चन दहितले पनि सहजिकरण र व्यवस्थापनमा सह...
पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २० । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम गरेको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । ुहरितालिका तीजको अवसर, उद्घोषण तालिमको बहार भन्ने मूल नाराका साथ फाउन्डेसनले तीजको उपलक्ष्यमा नेतृत्व विकास सम्बन्धी दुई दिने उद्घोषण तालिमको आयोजना गरेर दिदीबहिनीहरुलाई उद्घोषण कला सम्बधी सीप र ज्ञान प्रदान गरेर मनाएको हो । फाउन्डेसनका अध्यक्ष तारा रोकायले तीजको अवसरमा दिदीबहिनी जम्मा पनि हुन पाइने सीप पनि सिक्न र सिकाउन पाइने भएको हुँदा उद्घोषण तालिमको आयोजना गरि तीज मनाइएको बताइन । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुलप्रसाद केस...
बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह ग...