बर्दियामा हरित अर्थतन्त्र र फोहोर व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, मंसिर १ । बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर नगरपालिकामा तीन दिने हरित अर्थतन्त्र र फोहोर व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालित ग्रिन इकोनोमि परियोजना अन्तर्गत “फोहरलाई मोहर” भन्ने मुख्य नाराका साथ आयोजित सो तालिममा ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाबाट १५÷१५ गरी कुल ३० जना युवाको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य युवालाई फोहोर व्यवस्थापन, फोहोर अलग–अलग गर्ने तथा वातावरणमैत्री व्यवहार अपनाउनेबारे आवश्यक ज्ञान प्रदान गर्नुका साथै, हरित उद्यम सञ्चालनमा आवश्यक प्राविधिक सीप विकास गर्दै आय–आर्जनका अवसर सिर्जना गर्ने लक्ष्य तालिमले राखेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।
तालिमका सहभागिहरुलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमार...









