बाँकेका सुनचाँदी व्यवसायीद्धारा पसल व्यवसाय बन्द गरेर नेपालगन्जमा रिले अनसन शुरु
समाचारदाता
नेपालगन्ज, असार १८ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा लगाईएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीहरुले बुधवारदेखि नेपालगन्जमा रिले अनसन शुरु गरेका छन् ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको अगुवाईमा नेपालगन्जको सदरलाइनमा व्यवसायीहरुले सो रिले अनसन शुरु गरेको नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दीन जसगढले बताउनुभयो ।
उहाँले सरकारद्धारा लगाईएको अनावश्यक कर विरुद्ध व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द गरेर रिले अनशन समेत शुरु गरेको बताउनुभयो । अनसनको क्रममा पाँच जना व्यवसायी एक पटक अनसनमा बस्ने र सोही प्रकारले पालैपालो गरि अनसनलाई जारी राख्ने जनाईएको छ ।
नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका महासचिव सुखनारायण सोनारले बन्दको समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पाइएमा प...









