२ जेष्ठ २०८१, बुधबार

अर्थ

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

पुर्णतारा फाउन्डेसनद्धारा तीजको अवसरमा सीप विकास र नेतृत्व विकास तालिम प्रदान

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ २० । पूर्णतारा फाउन्डेसनले नयाँ ढंगले तीज कार्यक्रम गरेको छ । दिदीबहिनीहरु जम्मा भएर परम्परागत शैलीमा मनाउने गरिएको तीज कार्यक्रम फाउन्डेसनले भने दिदीबहिनीहरुलाई सीप विकास र नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेर मनाएको हो । ुहरितालिका तीजको अवसर, उद्घोषण तालिमको बहार भन्ने मूल नाराका साथ फाउन्डेसनले तीजको उपलक्ष्यमा नेतृत्व विकास सम्बन्धी दुई दिने उद्घोषण तालिमको आयोजना गरेर दिदीबहिनीहरुलाई उद्घोषण कला सम्बधी सीप र ज्ञान प्रदान गरेर मनाएको हो । फाउन्डेसनका अध्यक्ष तारा रोकायले तीजको अवसरमा दिदीबहिनी जम्मा पनि हुन पाइने सीप पनि सिक्न र सिकाउन पाइने भएको हुँदा उद्घोषण तालिमको आयोजना गरि तीज मनाइएको बताइन । तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुलप्रसाद केस...
बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह ग...
युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १ भदौ । बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो तालिमको उदघाटन एक समारोहका विच गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो सिपमुलक तालिमबाट विपन्न, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो । तीन महिनासम्म संचालन हुने सो ता...
उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
गठबन्धन बलियो हुनुका साथै अधिकांश व्यवसायिको समर्थन समावेशीलाई सिराज खान नेपालगन्ज, साउन ३१ । ‘उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नाराका साथ १७ बुँदे प्रतिवद्धता र साच्चिकै समावेशी टीम बनाएर सबैभन्दा ठुलो गठबन्धनका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि प्रचार प्रसारमा होमिएको समावेशी प्यानलको जित सुनिश्चित रहेको अधिकांश व्यवसायिले बताएका छन् । चर्चित व्यवसायि टंक धामीको नेतृत्वमा बलियो प्यानलसहित निर्वाचनमा होमिएको समावेशी प्यानललाई संघमा उत्कृष्ठ नेतृत्व गरेका तीन जना पुर्व अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीको सहयोग र समर्थन रहेकोले सो प्यानलको जित सुनिश्चित देखिएको हो । उद्योगी व्यवसायिका डायनामिक लिडरहरु श्रेष्ठ, वैश्य र मन्सुरी तीनैजना पहिलो पटक एकै प्लेटफर्ममा उभिनु भएकोले पनि सो प्यानल अर्को ...
ठाकुरबाबामा व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

ठाकुरबाबामा व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २६ । बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ । सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो । उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ । सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उदेश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछ...
समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
अधिकांश उद्योगी व्यवसायीको समर्थन हामीलाई छ–टंक धामी सिराज खान नेपालगन्ज, साउन २४ । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि टंक धामीको नेतृत्वमा निर्वाचनमा होमिएको समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ । सो प्यानलका सबै प्रतिबद्धता स बाट सुरु भएका छन् । सार्वजनिक गरिएका प्रतिवद्धता पुरा गर्ने योजनाका साथ प्यानलले व्यवसायीहरुको दैलोमा पुगेर सहयोग समर्थन माग्ने काम गरिरहेको छ । समावेशी प्यानलले अघि चुनावी एजेण्डा बनाएका १७ वटा प्रतिवद्धताहरुमा सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहीत गर्ने, सद्भावमा नेतृत्वदायी भूमिका, सरलीकृत एकद्वार कर प्रणाली, सभागृह र प्रदर्शनी स्थल निर्माण, समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन, सुधार जडिबुटी व्यवसायमा, सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान,...
दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २२ । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ । सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो । युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ । बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बता...
पुर्वमन्त्री राईद्धारा ख्वाजा फुड सेन्टरको उदघाटन

पुर्वमन्त्री राईद्धारा ख्वाजा फुड सेन्टरको उदघाटन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगन्जमा होटल र रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो समाचारदाता नेपालगन्ज, साउन १ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राईले सोमवार नेपालगन्जमा सञ्चालनमा आएको एक रेष्टुरेन्टको उद्घाटन गर्नु भएको छ । नेपालगन्ज आदर्शनगरस्थित सुर्खेतरोडको होटल स्नेहा र मल्टिप्लेक्स सिनेमा सिने रोयलको ठीक सामुन्ने सञ्चालनमा ल्याईएको ख्वाजा फुड सेन्टर ( केएफसी ) को पुर्वमन्त्री राई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले संयुक्त रुपमा उदघाटन गर्नुभयो । विशेष गरि सिनेमा हेर्न आउने तथा होटल र क्यासिनो लगायतमा आउने भारतीय पर्यटकलाई लक्षित गरेर सो रेष्टुरेन्ट सञ्चालनमा ल्याईएपनि विशेष स्वाद पस्किने भएकोले नेपालगन्जका स्वादका पारखीहरुको पनि त्यहाँ राम्रो उपस्थिति हुने विश्वास गरिएको छ । रेष्टुरेन्ट उदघाटनको अवसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्द...
प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

प्रदेश कृषिमन्त्रीद्धारा किसानलाई आधुनिक कृषि यन्त्र र चल्ला वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २३ गते । लुम्बिनी प्रदेशका कृषि तथा भुमिब्यवस्था मन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठुला बडाले सरकारी सहयोग लिने गरेको गुनासो बारम्बार आउने गरेको जनाउँदै सो बारेमा वर्तमान गम्भीर र सचेत रहेको बताउनुभयो । शनिवार नेपालगन्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंक्षीपालक किसानलाई निशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो बताउनु भएको हो । सो अवसरमा उहाँले पशुपंक्षी उत्पादन बृद्धि गर्दै किसानलाई व्यवसायीक कार्यतर्फ आकर्षित गर्ने उदेश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो । मन्त्री अहिरले भन्नुभयो–‘कुन क्षेत्रमा के के राम्रो उत्पादन हुन्छ सो को अध्ययन गरेर ...