बर्दिया बढैयातालका माछापालक कृषक र दाना उत्पादक कम्पनीवीच छलफल र अन्तरक्रिया
समाचारदाता
बढैयाताल, (बर्दिया) ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादक भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ ।
बाँकेको कोहलपुर ९ हवलदारपुरमा रहेको अर्श सप्लायर्सको आयोजनामा आईबी ग्रुप अन्तगर्त फिश फिड एबिस एक्सपोर्टस ईन्डिया प्राईभेट लिमिटेड र बढैयातालका माछापालक कृषकहरु विच माछापालनलाई कसरी राम्रो र उत्कृष्ट बनाउने भन्ने बिषयमा अन्तरक्रिया गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।
सो अन्तरक्रियामा भारतका वरिष्ठ मत्स्य विशेषज्ञ सन्जय कुमार श्रीवास्तवले माछाको सर्बोत्तम विकास र उच्चतम लाभका लागि उनिहरुलाई दिने भोजननै अहम हुने जनाउँदै त्यसका लागि एबिस फिश फिड अत्यधिक लाभदायक रहेको बताउनुभयो ।
उहाँले उक्त फिश फिड लगाएत कम्पनीले भारतमा माछापालनका क्षेत्रमा गरिएका सफल र उत्कृष्ट प्रयासका वारेमा प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।
एबिस...









