नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न
समाचारदाता
नरैनापुर ९ भदौ । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।
बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासक...









