गर्मीबाट बेहाल भएकालाई स्थानीय समाजसेवी मलिकद्धारा खानेपानी वितरण
सिराज खान
नेपालगञ्ज, जेठ २७ गते । तातो हावा लु चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी भएपछि काम विशेषले बजार आउने सर्वसाधारणको सहजताकालागि नेपालगञ्जका युवाले नगरका विभिन्न चोकमा खानेपानी वितरण गरेका छन् ।
अत्यधिक गर्मीको बेला काम विशेषले बजार आउनेहरु खानेपानीको खोजीमा भौतारिने गरेको देखेपछि उनिहरुको सहजताका लागि ‘हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ पानी वितरण गरिएको जनाईएको छ ।
नेपालगञ्जका युवा समाजसेवी तथा अगुवा अजिज मलिकले बाहिर निस्कने वित्तिकै घाँटी सुकाउने गर्मीको बेला बजार निस्केका सर्वसाधारण र रिक्सा तथा ठेला चलाउने मजदुरलाई लक्षित गरेर शनिवार दुई चोकमा खानेपानी वितरण गरिएको बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोक र विपि चोकमा खानेपानी वितरण कार्य दिनभरि चल्ने जनाउँदै यसबाट प्रभावित भएर अन्य दिनमा अरुले पनि सोही कार्य गर्ने आशा लिएको बताउनुभयो ।
समाजसेवी मलिकले यस्ता प्रचण्...









