१३ बैशाख २०८१, बिहीबार

स्वस्थ्य

कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

कर्मचारीहरुलाई कोरोना भएपछि नरैनापुर गाउँपालिका पाँच दिनका लागि बन्द गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ३ । नरैनापुर गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सबै सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । संक्रमित भएका सबै कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । अधिकृत बस्नेतले कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको बताउनु भयो । मंगलबारदेखि ८ गते सम्म पालिका बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो । नरैनापुर गाउँपालिकाको प्रशासनिक काम बन्द भए पनि स्वास्थ्य शाखाबाट सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी गर्नु भएको बिज्ञप्तिमा उल्लेख छ । ...
नेपालगञ्जमा पहिलो न्युरो अस्पताल सञ्चालनमा आयो

नेपालगञ्जमा पहिलो न्युरो अस्पताल सञ्चालनमा आयो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ३ गते । न्युरो सम्बन्धी समस्याका लागि पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमा न्युरो अस्पताल सञ्चालनमा आएको छ । नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका न्युरो सर्जन डा जोशन न्यौपानेको नेतृत्वमा नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरको नाममा सोमवारदेखि न्युरो अस्पताल सञ्चालनमा ल्याइएको हो । नेपालगञ्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धी सबै उपचार शुरु गरिएकोे उक्त सेन्टरका प्रमुख डा। जोशन न्यौपानेले बताउनुभयो । उहाँले यसरी न्युरोसम्बन्धी उपचारलाई लक्षित गरेर विशेषज्ञ सेवा दिने असपताल पश्चिम नेपालमै पहिलो भएको बताउनुभयोे । सो सेन्टरमा न्युरो सम्बन्धी उपचारका साथै फिजिसियन सेवा, यौन तथा छाला रोग र हाड जोर्नी सम्बन्धी लगायतका अन्य उपचार समेत गरिने डा। न्यौपानेले बताउनुभयो । फिजिसियन सेवा अन्तर्गत छाती, मु...
बाँकेमा स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना

बाँकेमा स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ३ । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना गरेकोछ । महासंघ बाँके शाखाका पूर्व सभापति समेत रहेका पत्रकार नीरज गौतमका बुवा स्वर्गीय सूर्यनाथ गौतमको नाममा स्वास्थ्य मुटु पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । स्वर्गीय सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा कोष स्थापना गर्दै नगद एक लाख महासंघ अध्यक्ष दामोदर भण्डारीलाई प्रदान गर्नुभयो। सूर्यनाथको मुटु रोगकै कारण निधन भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको श्रीमती एवम पत्रकार नीरजका आमा सुशीला गौतमले जानकारी दिनुभयो । उक्त पत्रकारिता पुरस्कार कोषको संरक्षकमा सूर्यनाथका छोरा नीरजलाई राखिएकोछ । कार्यक्रममा बोल्दै कोषका संरक्षक एव पत्रकारसमेत रहनु भएका नीरजले बुवाको स्मृतीमा समाजमा केही गर्न सक...
पहिलो पटक नेपालगञ्जमा न्युरो सम्बन्धि उपचारका लागि छुट्टै सेन्टर सञ्चालनमा आउँदै

पहिलो पटक नेपालगञ्जमा न्युरो सम्बन्धि उपचारका लागि छुट्टै सेन्टर सञ्चालनमा आउँदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २ । पश्चिम नेपालकै प्रमुख मेडिकल हब बन्दै गएको नेपालगन्ज शहरमा यस क्षेत्रमै पहिलो पटक न्युरो उपचारका लागि पहिलो न्युरो सेन्टर सञ्चालनमा आउन लागेको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका न्युरो सर्जन डा जोशन न्यौपानेको नेतृत्वमा सुर्खेत रोडस्थित औद्योगिक क्षेत्र अगाडि नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरको नाममा सोमवारदेखि न्युरो उपचार सुरु हुने भएको छ । सोमवारदेखि सन्चालनमा आउन थालेको नेपालगन्ज न्युरो ट्रमा एन्ड मल्टि इस्पेसियालिटी सेन्टरमा मस्तिष्क, नशा तथा मेरुदण्डका समस्या सम्बन्धि सम्पुर्ण उपचार गरिने उक्त सेन्टरका प्रमुख डा. जोशन न्यौपानेले बताउनुभयो । यसरी न्युरो सम्बन्धि उपचारलाई लक्षित गरेर विशेषज्ञ सेवा दिने सेन्टर पश्चिम नेपालमै यो पहिलो हो । सो सेन्टरमा न्युरो सम्बन्धि उपचारका साथसाथै फिजिसियन सेवा, यौन तथा छाला रोग र ह...
लुम्बिनी प्रदेशमै पहिलो पटक बाँकेमा बुस्टर डोज लगाउन शुरु

लुम्बिनी प्रदेशमै पहिलो पटक बाँकेमा बुस्टर डोज लगाउन शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ २ गते । लुम्बिनी प्रदेशमै पहिलो बन्दै आइतवारबाट बाँकेमा कोरोनाबिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भेरी अस्पतालको खोप केन्द्रमा खोप लगाएर बुस्टर डोज खोप लगाउने कार्यको शुभारम्भ गर्नुभयो । पछिल्लो समयमा कोरोना फेरि बढ्दै गएकोले अहिले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको उहाँले बताउनुभयो । पछि विस्तारै सबै नागरिकलाई आवश्यकताअनुसार बुस्टर डोज दिने सरकारको योजना रहेको पनि उहाँले बताउनुभयो । २०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आइतवार माघीको विदा भएपनि ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय ब...
जमुनाहा नाकामा आइतवार पनि ३९ जना संक्रमित भेटिए, अझै धेरै परीक्षण विनै भित्रिंदै

जमुनाहा नाकामा आइतवार पनि ३९ जना संक्रमित भेटिए, अझै धेरै परीक्षण विनै भित्रिंदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २५ । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा आइतवार पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् । भारतबाट आउनेहरु मध्ये मात्र ६७५ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले आइतवार जमुनाह नाकामा सकास्पद ६७५ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको बताउनु यभो । संक्रमण देखिएका सबैलाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यस अघि केही दिन पहिलेसम्म नाकामा चेकजाचका क्रममा संक्रमीतको संख्या शुन्य आउदै गरेकोमा यहि पुस १९ गतेदेखि एक्कासी संक्रमितहरु बढ्न थालेका थिए । पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना र आइतवार ३९ जनामा ...
नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

नेपाली सेनाद्धारा खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, नौ सय जनाले उपचार गराए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । ग्रामीण क्षेत्रका विपन्न जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले नेपाली सेनाको भैरब प्रसाद गणले बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स क्लब खजुरा र नेपालगन्ज मेडिकल कलेजसँग सहकार्य गरेर सेनाले सो स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गरिबी र पछौटेपनका कारण बिरामी भए पनि उपचार गराउन नसकेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिबिर सञ्चालन गरिएको नेपाली सेनाको भैरब प्रसाद गणका गणपति जनमत कार्कीले बताउनुभयो । उहाँले सो शिविरबाट करिब ९ सय स्थानीयले स्वास्थ्य परीक्षण गराएर लाभ पाएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती, बाल स्बास्थ्य, नाक, कान घाँटी, चर्म तथा यौनरोग, आँखा, तथा हाडजोर्नी लगायत बिभिन्न रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको चेकजाँच गरेर निःशुल्क औषधीहरु बितरण गरिएको थियो ।...
जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

जमुनाहा नाकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, नाकामा थप कडाई आवश्यक

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २४ । नेपालगन्जको जमुनाहा नाकामा एकै दिन ३७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार भारतका विभिन्न राज्यबाट आएका ३७ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताउनुभयो । एन्टिजिन विधिबाट कोरोना परीक्षण गर्दा शनिवार विहान ९ बजेसम्म १६ जना, बिहीबार २७, बुधबार र मंगलबार ५, ५ र सोमबार १० जनामा कोरोना पुष्टि भएको थियो । सोमबार यता भारतबाट आएका सय जनामा कोरोना संक्रमण पुष्टि भएको ज्ञवालीले जानकारी दिनुभयो । भारतबाट आउनेमा यसरी तिवै गतिमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाई गर्न स्थानीयले माग गरेका छन् । नाकामा कडाई नगरिए उताबाट संक्रमण लिएर आउनेहरुले यता फैलाउने संभावना प्रवल रहेकोले कसैलाई पनि परीक्षण विना छिर्न नदिन स्थानीयको माग छ ।...
नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, पुस १९ । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउन...
कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो । भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो । सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ । राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्द...