दादुरा खोपको कभरेज बढाउने मुस्लिम धार्मिक गुरुहरुको प्रतिवद्धता
समाचारदाता
नेपालगञ्ज, पुस २४ । नेपालगञ्जमा दादुरा रुबेलाले महामारीकै रुप लिन थालेपछि सो नियन्त्रणका लागि खोप अभियानसंगै अन्य विभिन्न गतिविधिलाई तिव्रता दिईएको छ ।
गत एकसातादेखि उपमहानगरमा फैलिएको दादुराको प्रकोप नियन्त्रण गर्न प्रभावित क्षेत्रका ६ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन स्थानीय सरकार स्वास्थ्य संस्थाहरु सक्रिय भएका छन् ।
सो क्रममा नेपालगञ्जका मुस्लिम धार्मिक गुरुहरुसंग बाँके युनेस्को क्लबको आयोजनामा स्वास्थ्य कार्यालय र नेपालगञ्ज उपमहानगरको सहजीकरणमा आइतवार छलफल तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सो कार्यक्रममा सहभागि अधिकांश धर्मगुरुहरुले दादुराको प्रकोप निकै घातक भएको स्विकार्दै सो विरुद्ध लगाइने खोप लगाउन सबैलाई आग्रह गर्ने जनाएका थिए । उनिहरुले खोप अभियानलाई पुर्ण समर्थन गर्ने जनाउँदै मुस्लिम समुदायको बढी जनसंख्या भएका क्षेत...









