काठमाण्डौ बाहिर पहिलो पटक वेस्टर्न अस्पतालमा लेभल थ्री आईसियु सञ्चालनमा
गम्भीर विरामीले उपचारका लागि अब काठमाण्डौ र भारत जानु नपर्ने
सिराज खान
नेपालगञ्ज, फागुन २१ । देशको संघीय राजधानी काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधासहितको लेभल ३ आइसीयू सेवा सुरु गरिएको छ ।
सो सेवा काठमाण्डौका पनि तीन वटा मात्र निजि अस्पतालमा रहेको जनाउँदै काठमाण्डौ बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याईएको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो जानकारी गराउँदै उहाँले सिकिस्त बिरामीको उपचार सेवालाई अधिकतम प्रभावकारी बनाउने उद्देश्यले ८ बेडको लेभल ३ आइसीयू सेवा सुरु गरिएको बताउनुभयो । ‘अबदेखि कुनै पनि अतिगम्भीर विरामीले उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ जानु पर्नेछैन । ती ठाउँमा पाईने उपचार सेवा हामीले नेपालगञ्जमै दिंदैछौं’–डा. थापाले भन्नुभयो ।
अस्पतालका प्रबन्ध निर्देशक डा थापाका अनुसार य...









