१३ बैशाख २०८१, बिहीबार

स्वस्थ्य

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

प्लाष्टिक सर्जन डा. कर्णले फेरी गरे एक युवतीको टाउकोको कोठीहरुको जटिल शल्यक्रिया

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ८ । कालो कोठी फैलिएर टाउको भरि कोठीले भरिएर अत्याधिक समस्यामा परेकी बाँकेकी एक युवतीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा फेरी सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ प्लाष्टिक सर्जन डा. विनोद कर्णले डुडुवा गाउँपालिका ५ शिवराजपुरकी एक १७ वर्षिया युवतीको आधा टाउको भरि फैलिएको कोठीहरुको कालो जालोको फेरी सफल शल्यक्रिया गर्नु भएको छ । यसअघि पनि उहाँले मंसिर महिनाको अन्तिम तिर नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्ककी १४ वर्षीय बालिकाको पनि सोही प्रकारको सफल शल्यक्रिया गर्नु भएको थियो । डुडुवाकी युवतीको शल्यक्रिया गर्ने सो टोलीमा नेपालगञ्ज मेडिकल कलेजका डा. कपिल पोखरेल, डा. नविन रेग्मी, असिस्टेन्ट चउतराम थारु, स्टाफ नर्स अम्बिका अधिकारी र एक जना इन्टर्नको पनि सहभागिता रहेको थियो । टाउकोको आधा भन्दा बढी भागमा कोठ...
कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

कोरोना संक्रमण बढेपछि सुरजपुर नाका बाहेक बर्दियाका सबै नाका बन्द गरिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ८ माघ । बर्दियामा रहेका विभिन्न नाकाबाट कोभिड भित्रिने अत्याधिक जोखिम रहेको र ती नाकाबाट तस्करी समेत अत्याधिक बढेकोले सबै नाका बन्द गर्न उद्योग वाणिज्य संघ, बढैयाताल र गुलरियाले जिल्ला प्रशासनलाई दवाव दिएपछि प्रशासनले भारतसँग जोडिएको सुरजपुर बाहेकका सबै सीमा नाका पुर्ण रुपमा बन्द गरेको छ । बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले यी नाकाबाट आउने जानेको लर्को लागेकोले कोभिड संक्रमणको डर धेरै बढेको भन्दै यसलाई रोक्न सीमा नाका बन्द गर्न आफूहरूले स्थानीय प्रशासनलाई दबाब दिएपछि बन्द गरिएको बताउनुभयो। उहाँका अनुसार जिल्लाको गणेशपुर, कण्ठपुर, चित्तलहवा लगायत नाकाबाट दैनिक सयौँको संख्यामा मानिसहरू किनमेलका लागि सीमापारी बजारमा आउजाउ गर्ने गरेका थिए जसका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको थियो । स्वास्थ्यकर्मीसमेतले निकै भिडभाड हुने भएकाल...
बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ६ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मातहतका कार्यालयहरुले कोभिड सम्बन्धि जनस्वास्थ्य मापदण्डको पालना लगायत माघ ७ गतेपछि सेवाग्राही र कर्मचारी दुबैका लागि खोप कार्ड अनिवार्य गरिएको निर्देशनको व्यवस्थापन कसरी गरेका छन् भन्ने जानकारी लिने काम शुरु गरेको छ । सो क्रममा जिल्ला प्रशासन कार्यालयको एक उच्चस्तरीय टोलीले विहिबार नेपालगञ्जका अत्याधिक सेवाग्राही हुने तीन वटा कार्यालयको स्थलगत अनुगमन गरेर देखिएका कमीकमजोरीहरुका सम्बन्धमा आवश्यक सुझाव र निर्देशन समेत दिएको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको नेतृत्वमा गएको टोलीले सेवाग्राहीको अत्याधिक भिडभाड हुने नेपालगञ्जस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अनुगमनका क्र...
विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

विहिबार नेपालगञ्जको तापक्रम यो वर्षकै सबैभन्दा कम, चिसो अत्याधिक

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ गते । बिहीबार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार बिहीबार यो वर्षको सबैभन्दा बढी चिसो मापन गरिएको हो । बिहीबार बिहानको तापक्रम ६।८ डिग्री मापन भएको छ । बुधबारसम्म यहाँको तापक्रम ९ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीका अनुसार बिहीबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो । नेपालगञ्जमा सबैभन्दा कम सन् २०१३ को १० जनवरीमा ०।३ डिग्री सेल्सियस तापक्रम पुगेको रेकर्ड रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख पराजुलीका अनुसार नेपालगञ्जको न्युनतम तापक्रम शनिवारसम्म घट्दै जाने अनुमान गरिएको छ । ( गोरखापत्र अनलाइनबाट साभार)...
जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

जहाज समयमा अवतरण गर्न नसक्दा बुद्ध एअरको जहाजमै महिला यात्रु बेहोस, उपचारपछि होस खुल्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ६ । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाण्डौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर हावामा होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनु भएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षिया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ । नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो । अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनु भएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँसंगै रहनु भएको पनि सई शाहले बताउनुभयो । विमानमा एक्लै यात्रा गरिरहनु भएकी थापा आत्तिएको र डराएको विमानमा रहन...
भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

भेरी अस्पतालमा परीक्षण गराउनेमध्ये ७० प्रतिशतलाई कोरोना संक्रमण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, माघ ५ । पछिल्लो समयमा भारत र नेपालका करिब सबै ठाउँहरुमा एक्कासी कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । करिब तीन साता अघिसम्म बाँकेमा शुन्यमा झरेको संक्रमण दर अहिले आएर ७० प्रतिशतमा पुगेको छ । भेरी अस्पतालले आफ्नो सामाजिक सञ्जालको पेज मार्फत बुधवार दिएको जानकारी अनुसार सो अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७० प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार गत चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १०१ जनाको पिसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अधिकांश बाँके जिल्लाका नागरिकहरु रहेका छन् । बुधवार २३ जना अस्पतालमा भर्ना भएको र ३ जना निको भएर घर फर्किएको पनि भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालले दिएको तथ्यांक निकै चिन्ताजनक रहेको छ । परीक्षण गराएका मध्ये ७० प्रतिशतमा संक्रमण देखिनुले जिल्लामा सयौंको संख...
नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्र बाँकेद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालयले देशभरका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री बितरण गर्ने योजना अनुसार बुधबार नेपालगञ्जस्थित भेरी अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सभाका सांसद आइपी खरेलले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्दबहादुर चन्दलाई अस्पतालमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ । अस्पताल बिकास समितिका सदस्य धनिराम ओलि र कृष्ण श्रेष्ठ एवम् अस्पतालका प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, माओवादी केन्द्र नेपालगन्ज नगर उपाध्यक्ष तारा प्रसाद खत्री, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसीमणी केसी लगायतका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूमा एन्टि...
नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

नेपालगञ्जको धम्बोझीमा प्रहरीद्धारा पाँचसय मास्क वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ५ । कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेपछि बाँकेमा सो फैलिन नदिन सचेतना र सावधानीका विभिन्न उपायहरु अपनाउन थालिएका छन् । केही दिन पहिलेसम्म दैनिक १ जना र कुनै दिन शुन्य संख्यामा संक्रमित भेटिने गरेको बाँके जिल्लामा हाल आएर दैनिक सय जनाको हाराहारीमा संक्रमित भेटिन थालेपछि सावधानी र सचेतनामा विशेष ध्यान दिन थालिएको छ । सो क्रममा जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले सुचना जारी गरेर विभिन्न प्रकारका सावधानीका नियमहरु जनकारी गराएको छ । स्वास्थ्य मापदण्ड र खोप लगाउने कुरामा समितिको विशेष आग्रह छ । भारत र नेपाल दुबै ठाउँमा कोरोना तिव्र गतिमा फैलिन थालेपनि अझै धेरै मानिसहरुले मास्कको प्रयोग नगरेरनै बजार, यातायात र विभिन्न ठाउँमा हिडिरहेको देखिन्छ । उनिहरुले सामान्य स्वास्थ्य मापदण्डको प्रयोग समेत गरेको देखिदैन । सोही कुरालाई ध्यानमा राखेर जिल्ला ट्रा...
प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ४ । प्रहरीले सक्रियता देखाउँदै नियन्त्रणमा लिएको ठुलो मात्राको ब्राउनसुगरसहित विभिन्न लागूऔषध मंगलवार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले पत्रकारहरुको रोहबरमा विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको उपस्थितिमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधूसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले ७६ ग्राम कालो र खैरो ब्राउनसुगर नष्ट गरिएको बताउनुभयो । विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो । असोज महिनादेखि हालसम्म बरामद गरिए...
निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

निल सागर जेष्ठ नागरिक आश्रमका असहायलाई ५० थान कम्बल वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ ३ । अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि बाँके प्रशासनले विपन्न तथा असहाय जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कम्बल बितरण कार्यलाई निरन्तर जारी राखेको छ । सोही क्रममा चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्ने क्रममा जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सोमवार नेपालगञ्जमा रहेको निल सागर जेष्ठ नागरिक आश्रममा ५० थान कम्बल वितरण गरेको छ। बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नेपालगञ्जको निल सागर आश्रम पुगेर त्यहाँ आश्रीत जेष्ठ नागरिक तथा बालबालिकालई न्यानो बनाउन कम्बल वितरण गर्नुभयो । शीतलहर आकस्मिक योजना २०७८ अन्तरगत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्दै आएको छ । बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित ...