शालिक नै बनाउने हो भने मंगलप्रसाद, फत्तेजंगशाह र औतार देईको बनाउँ–मन्त्री राई
महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ ।
उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ ।
महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै ला...









