स्वस्थ्य

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

वरिष्ठ समाजसेवी प्रवेज सिद्दिकी नाईस अवार्ड २०२२ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, साउन २३ । बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक वरिष्ठ समाजसेवी प्रवेज अली सिद्दिकीलाई नाईस अवार्ड २०२२ बाट सम्मानित गरिएको छ । नाईस नेपालगञ्जको आयोजनामा सोमवार सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा समाजसेवी सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो । बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति, बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वा...
कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
नेपालगञ्ज, साउन २२ । बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले आचार्यको करेन्ट लागेर मृत्यु भएको बताउनुभयो । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट लाग्योे पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन’ उहाँले भन्नुभयो । प्रहरीका अनुसार घटनापछि घटनास्थलमा पुगेका विद्युतका कर्मचारीले घरमा जोडिएका सबै तार निकालेको र विद्युतको लाइन पनि जाँच गरिएको उहाँले बताउनुभयो । आचार्यको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको डीएसपी मल्लले जानकारी दिनुभयो । घटना बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । ( गोरखापत्र अन...
बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

बागेश्वरी मन्दिर परिसरमा अत्याधुनिक चिल्ड्रेन पार्कको निर्माण सुरु

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन २२ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा अत्याधुनिक बाल पार्क (चिल्ड्रेन पार्क) को निर्माण सुरु भएको छ । करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्ट...
बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, साउन ८ । बाँके युनेस्को क्लबद्धारा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । संस्थालाई समय समयमा आवश्यक सुझाव र सल्लाह दिनुका साथै सहयोग समर्थनका लागि जिल्लाका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको क्लबका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले क्लबको १० औं अधिवेसनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सात जनाको सल्लाहकार समिति गठना गरेको बताउनुभयो । क्लबको सल्लाहकारमा मनोनित हुनुभएकाहरुमा वरिष्ठ पत्रकारहरु सिराज खान, विजय बर्मा, रुद्र सुवेदी, राकेश मिश्र, नरेन्द्र थपा र झलक गैरे तथा वरिष्ठ धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरी रहनु भएको छ । यसैगरि सोही बैठकले संस्थाको वरिष्ठ उपाध्यक्षमा पन्चम गुरुंगलाई मनोनित गरेको छ । यसअघि शनिवार सम्पन्न साधारणसभा र अधिवेसनको बन्द सत्रले वरिष्ठ उपाध...
रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ । सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्...
बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

बाँके युनेस्को क्लबको ३३ औं साधारणसभा र १० औं अधिवेसन सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
कोभिड रोक्न अहम भूमिका निभाउने चिकित्सक र स्वास्थ्यकर्मीको सम्मान नेपालगञ्जपाटी समाचार नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ बार्षिक साधारणसभा तथा १० औँ अधिवेसन विविध कार्यक्रमका साथ शनिवार नेपालगन्जमा सम्पन्न गरेको छ । सो साधारणसभा र अधिवेसनको उद्घाटन प्रमुख अतिथि नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले एक भव्य समारोहका विच गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले देशभरिकै सबैभन्दा राम्रो र उत्कृष्ट युनेस्को क्लबको कार्यक्रममा सहभागि हुन पाउँदा गर्व महसुस भैरहेको बताउनुभयो । उहाँले ३३ वर्षको अवधीमा क्लबले गरेका कामहरु अतिनै सराहनीय र उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले बाँके युनेस्को क्लबलाई आफुहरुले शुरु देखिनै सहयोग गर्दै आएकोमा य...
सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार २४ । नेपालगञ्ज मेडिकल कलेज र सशस्त्र प्रहरी अस्पताल विच सहुलियतमा सशस्त्र प्रहरीको उपचार गर्ने सम्झौता शुक्रवार सम्पन्न भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो । सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनको परिवारको सदस्यको उपचार नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा सहुलियतमा गर्ने गरि सम्झौता भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । उहाँले सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनका परिवारलाई उपचारमा सहुलियत दिने गरि दुबै संस्थाविच सम्झौता भएको बताउनुभयो । यो सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उनिहरुको आर्थिक अवस्था हे...
नेपालगञ्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

नेपालगञ्ज मेडिकल कलेजमा प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, असार १७ । अबदेखि नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा प्रहरीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज लर्डबुद्ध एजुकेशनल एकेडेमी बीच मध्यपश्चिम प्रहरी अस्पतालबाट रिफर भएर आएका प्रहरी, पुर्व प्रहरी र उनका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पतालहरुमा रिफर भएर आएका वहालवाला र पुर्व प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत छुट दिने सम्झौता पत्रमा शुक्रवार हस्ताक्षर भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । यस्तै अन्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको उहाँले बताउनुभयो । सोही प्रक...
रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो । उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको ...
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुको आन्दोलन जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
११ महिनादेखि भत्ता र चार महिनादेखि तलब नपाएको गुनासो सिराज खान नेपालगञ्ज, जेठ १३ । चार महिनादेखि तलव र एघार महिनादेखि भत्ता नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले शुरु गरेको आन्दोलन जारी रहेको छ । विहिबारदेखि आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रवार पनि आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनको पहिलो दिन विहीबार चिकित्सकहरुले अस्पताल प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रवार पनि सो धर्नालाई जारी राखेका हुन् । एघार महिनादेखि भत्ता नपाएको र चार महिनाको तलब नपाएकोले सो माग गर्दै गत दुई दिनदेखि हातमा कालो पट्टी बाँधेर अस्पताल प्रशासन कार्यालय अगाडी धर्ना बस्दै आएको नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । उहाँले विरामीको उपचारमा कुनैपनि प्रभाव नपर्ने गरि हाललाई आन्दोलन जारी राखिएको जनाउँदै अस्पताल प्रशासनले सुनु...