१९ बैशाख २०८१, बुधबार

स्वस्थ्य

अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

अनुचित व्यापारिक क्रियाक्लाप गर्ने अन्सारी टेडर्सलाई ५० हजार जरिवाना

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २ मंसिर । संयुक्त बजार अनुगमन समितिले बिहिबार एक्कासी गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाक्लाप गरेको पाएपछि विपी चोकको एक व्यापारिक फर्ममाथि ५० हजार जरिवाना गरेको छ । अनुगमन समितिले विपी चोकस्थित अन्सारी टे«डर्सलाई ५० हजार जरिवाना गर्नुका साथै म्याद नाघेका खान अयोग्य ८ हजारको खाद्य सामाग्री पनि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रवक्ता देवीलाल चौलागाईले बताउनुभयो । सो पसलमा म्याद नाघेका खान अयोग्य सामाग्रीहरुको खुला रुपमा विक्रि हुने गरेको र अनुचित व्यापारिक क्रियाक्लाप गरिरहेको भन्ने जनगुनासोको आधारमा अनुगमन गर्दा त्यस्तो भेटिएको उहाँले बताउनुभयो । समितिले विपी चोकका अन्य केही पसलमा समेत अनुगमन गरेको जनाईएको छ । सो अनुगमन टोलीमा जिल्ला प्रशासान कार्यालयका वेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविन राना, खाद्य प...
स्वास्थ्य प्रमुख विशेषज्ञमा भेरी अस्पतालका डा. यादवसहित तीन जनाको बढुवा

स्वास्थ्य प्रमुख विशेषज्ञमा भेरी अस्पतालका डा. यादवसहित तीन जनाको बढुवा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह प्रमुख विशेषज्ञमा भेरी अस्पतालका वरिष्ठ सर्जन डा. श्याम सुन्दर यादव लगायत तीन जना चिकित्सक बढुवा भएका छन्। विहिबार बसेको मन्त्री परिषद बैठकले डा यादव, डा भिमसिंह टिंकरी र डा.गुणराज लोहनीको बढुवा गरेको छ। गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले पहिलो नम्बरमा नेपालगञ्जस्थित भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषदले प...
भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल शुरु गर्न विरामीको माग

भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल शुरु गर्न विरामीको माग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज समाचारदाता नेपालगञ्ज, २ मंसिर । भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल सञ्चालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूलाई ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारी सुरु भएपछि उक्त उपचार केन्द्र बन्द गरिएपछि सिकलसेलका बिरामी समस्यामा परेकोले उपचार केन्द्र पुनः सञ्चालन गर्न बिरामीले दबाब दिँदै आएका छन् । विभिन्न बहाना बनाएर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल सञ्चालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटीले मन्त्री थारूलाई ज्ञापनपत्र बुझाएको हो । भेरी अस्पतालका लागि सिकलसेल फोकल पर्सन वरिष्ठ फिजिसियन डा।राजन पाण्डेको भरतपुर सरुवा भएपछि उपचार केन्द्र बन्द गरिएकोमा अब तत्काल सुरु गर्न दबाब बढाइएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताउनुभयो । लुम्बिनी ...
नेपालगञ्जमा रामनारायण ममोरियल मधुमेह उपचार केन्द्र सञ्चालनमा ल्याईंदै

नेपालगञ्जमा रामनारायण ममोरियल मधुमेह उपचार केन्द्र सञ्चालनमा ल्याईंदै

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २२ कात्तिक । नेपालगञ्जमा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको छ । बाँकेमा लायन्सवाद स्थापनाका अगुवा, स्वर्गीय रामनारायण श्रेष्ठको स्मृतिमा उहाँकै परिवारको अग्रसरतामा मधुमेह रोगको छुट्टै उपचार केन्द्र स्थापना हुने भएको हो । रामनारायण श्रेष्ठ, लायन्स क्लब अफ नेपालगञ्जका संस्थापक हुन् । उहाँको निधन भएको प्रथम वार्षिकी पारेर छोरा राजेशनारायण श्रेष्ठले रामनारायण ममोरियल मधुमेह सेवा केन्द्र घोषणा गर्नुभएको छ। त्यसका लागि प्रारम्भिक १५ लाख रुपिया श्रेष्ठले प्रदान गर्नु भएको जानकारी दिंदै लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का संस्थापक गभर्नर शेमराज शाक्यको संयोजकत्वमा सेवा केन्द्रले आवश्यक काम गरिरहेको बताउनुभयो । लायन्स क्लब अफ नेपालगञ्जले सञ्चालन गरिरहेको लायन्स डेन्टल अस्पताल परिसरमा रामनारायण ममोरियल म...
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुग्यो

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४० पुग्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २२ कात्तिक  । गत दुई वर्षदेखि फैलिएको कोरोना महामारीका कारण हालसम्म बाँके जिल्लाका ३४० जनाले ज्यान गुमाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका– १८ कारकाँदो निवासी ६९ वर्षकी महिलाको भेरी अस्पतालमा उपचारका क्रममा आइतवार राती मृत्यु भएपछि मर्नेको संख्या ३४० पुगेको हो । पछिल्लो समयमा आएर जिल्लामा कोरोना भाइरस संक्रमण हुने क्रम घट्दै गएपनि हप्ता दसदिनको अन्तरालमा एक संक्रमितको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी मृत्यु दोस्रो लहरको बेला भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । रुस र युरोपका केही देश लगायत चीनमा समेत फेरी संक्रमित बढ्न थालेपछि यहाँपनि चिन्ता बढ्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । तेस्रो लहर वा अन्य कुनै आपातकालिन अवस्थाको सामना गर्न बाँकेमा व्याप...
यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सचेतना अभियानमा जोड

यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सचेतना अभियानमा जोड

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञजपाटी समाचार नेपालगञ्ज, १६ कात्तिक । नेपालमा किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा अझै राम्ररी जानकारी गराउनु पर्ने तथा सचेत पार्नु पर्ने कुरामा जोड दिईएको छ । बाँकेको खजुरामा आयोजित एक कार्यक्रममा सो कुरामा जोड दिईएको हो । पत्रकारहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागि पत्रकार तथा अन्य सरोकारवालाले अझैपनि स्वास्थ्य संस्थाहरु किशोर सकशोरी मैत्री नभएको, विभिन्न अधिकार पाएपनि कार्यान्वयनमा ध्यान नदिईएको तथा उमेर नपुग्दै हुने विवाह तथा असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान गुमाउनु परेको बताएका थिए । सो बारेमा सरोकारवाला निकाय तथा किशोर किशोरीलाई समेत सचेत र सतर्क पार्नु अतिआवश्यक रहेको सहभागि सबैको ठहर थियो । सो कार्यक्रममा विभिन्न जानकारी गराउँदै भेरी अस्पताल नेपालगन्जका नर्सिङ अधिकृत दुर्गालक्षमी श्रेष्ठले असुरक्षित गर्भपतनका कारण नेपालमा नौ प्रतिशत मह...
कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी

कोरोना बीमाको भुक्तानी नदिने बीमा कम्पनीलाई अदालतद्धारा कारण देखाउ आदेश जारी

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ कात्तिक । कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीहरुलाई उच्च अदालतले १५ दिने कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्जको इजलासले सो आदेश जारी गरेको हो । उक्त अदालतका न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो । कोरोना वीमा गरेकाहरुले वीमा भुक्तानी नपाएको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सोमवार कानुन व्यवसायी र अधिकारकर्मीले रिट दायर गर्नु भएको थियो । सार्वजनिक सरोकारको बिषय बनाउँदै दायर गरिएको सो रिटमा सुनुवाई गर्दै १५ दिने कारण देखाउ आदेश जारी भएको हो । वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोके पनि अहिलेसम्म उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ...
‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, १४ कात्तिक । पछिल्ला दिनहरुमा कम उमेरका व्यक्तिहरुको मृत्युको कारण हृदयघात भएको पाइन्छ । विज्ञहरु यसको कारण पछिल्लो समय युवापुस्तामा देखिएका नराम्रा आदतहरु भएको बताउँछन् । तल उल्लेखित बानी समयमै नछाडे पछताउनुको विकल्प छैन । त्यसैले समयमै यी सबै बानी छोडौं । धुम्रपान र मद्यपान आजभोलि १६ वर्ष देखिका किशोरकिशोरीहरु धुम्रपान र मद्यपानको नसामा लागि सकेका हुन्छन् । युवापुस्तामा देखिने यस्ता आदतले उनीहरु कार्डियोभास्कुलर रोगको शिकार हुन्छन् । यो समस्या मुटु सम्बन्धी रोगमध्ये गम्भीर समस्या हो । यो अन्य मुटुसम्बन्धी रोगको कारण बन्न सक्छन् । चिकित्सकका अनुसार जो युवा दिनमा १० वटा चुरोट पिउँछन् उसलाई हृदयघातको सम्भावना ५० प्रतिशत हुन्छ । जंक फुड भोक मेटाउनका लागि स्वस्थकर खाना खानुको सट्टा पछिल्लो समय युवाहरु जंक फुडमा बढी ध्यान दिन्छन् । यसले क्यालोरीको मात्रा बढाउँछ । जसको सीधा असर म...
मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । मौसम परिवर्तन भैरहेकै बेलामा बाँके जिल्लामा भाईरल ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएका छन् । केही महिना पहिलेसम्म कहर मचाएको कोरोनाको संक्रमण निकै घट्दै गएपनि अहिले आएर जिल्लामा भाईरल ज्वरो, रुघाखोकी र टाइफाइडका विरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । अहिले गर्मी समाप्त भएर चिसो मौसम शुरु भएकोले सोही कारणले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीहरुको संख्या अत्याधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा. संकेत कुमार रिसालले बताउनुभयो । उहाँले अहिले कोरोनाका विरामीहरु निकै कम भैसकेको जनाउँदै तर भाइरल ज्वरोका विरामी भने धेरै बढेको बताउनुभयो । अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने विरामीहरु ठुलो संख्यामा आउने गरेका छन् । सोही प्रकारले नेप...
पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

पश्चिम नेपालकै मेडिकल हब बन्दै, नेपालगञ्ज

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
निजि अस्पताल खुल्ने क्रम जारी, डेढ करोडमा केयर सिटी अस्पताल खुल्यो नेपालगञ्ज पाटी न्युज नेपालगञ्ज, कात्तिक ११ । पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगञ्ज विस्तारै मेडिकल हब बन्दै गएको छ । यस क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालले पुरै पश्चिम नेपालका विरामीलाई उपचार सेवा दिंदै आएपनि यहाँ एकपछि अर्को गरेर निजि अस्पताल खुल्ने क्रम पनि जारी नै रहेको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट रिफर गरेर विरामी यहाँ आउने भएकोले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरु खुल्दै गएका छन् । पछिल्लो पटक नेपालगञ्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाँउमा डेढ करोडको लागतमा सुविधा सम्पन्न केयर सिटि अस्पताल सञ्चालनमा आएको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगञ्जमा केयर सिटि अस्पताल ए...