राजापुर नगरपालिकामा सञ्चालित दुई परियोजनाको संयुक्त अनुगमन भ्रमण सम्पन्न
समाचारदाता
नेपालगन्ज, भदौ २२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो ।
सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो ।
उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्षाकोठा...









