स्वस्थ्य

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर सवारी चालक परिक्षा दिने योगी पक्राउ

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर सवारी चालक परिक्षा दिने योगी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगञ्ज, बैशाख ७ । यातायात व्यवस्था कार्यालय बाँकेबाट लिईएको मोटरसाईकलको प्रयोगात्मक परिक्षामा सहभागि एकजना परिक्षार्थिले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर परिक्षा दिई पास गरेको पाईएकोले ती व्यक्तिलाई पक्राउ गरेर कारवाही अगाडी बढाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहका अनुसार मोटरसाईकलको चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षामा जिल्ला जुम्ला तिला गाउँ पालिका ४ बस्ने गोरेनाथ योगोको छोरा बर्ष १९ को कमलनाथ योगीले हुम्ला गाउँ पालिका वडा नं २ बस्ने देबमणी जैसीको छोरा बर्ष २२ को पुन्न लाल जैसीको नेपाली नागरीकताको प्रमाण पत्रमा आफ्नो फोटा टाँस गरी परिक्षामा सहभागी हन आएको हुदा निजलाई पक्राउ गरिएको बताउनुभयो । योगीलाई पक्राउ गरेर थप कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको पनि...
पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

पुर्वमन्त्री राईद्धारा नयाँ वर्षको उपलक्ष्यमा बृक्षारोपण तथा शुभकामना प्रदान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, बैशाख १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले अहिले शुरु भएको यो नयाँ वर्षमा देश र जिल्लाले विकासमा फड्को मारोस, सामाजिक र धार्मिक सदभाव कायम रहोस, सबैले रोजगारी र काम पाउन भन्दै त्यसका लागि सबै युवाले सचेत भएर लाग्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । जेसीआई नेपालगञ्ज लगायतका संघसंस्थाले विहिबार नेपालगञ्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री राईले अहिलेका कलिला युवा भोलीका कर्णधार भएको बताउँदै उहाँहरुनै भोली देश हाक्ने महत्वपुर्ण ठाउँहरुमा पुग्नु पर्ने शुभकामना पनि दिनुभयो । उहाँले मानवीय जिवनका लागि अतिनै महत्वपुर्ण मानिएको बृक्षारोपणमा प्रमुख अतिथि बनाएकोमा आभार प्रकट गर्दै नेपालगञ्जका हरित अभियानकर्ता हेमन्तराज काफ्लेको अभि...
दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, बैशाख १ गते । गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् । सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् । सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो । उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो । गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउ...
कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ । आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ । सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो । कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल...
न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

न्यायधिशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट काठमाण्डौ उडेको विमान नेपालगञ्जमा अवतरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत २३ गते । धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालिन अवतरण गरेको छ । सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीबाट काठ्माडौँका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालिन अवतरण गरेको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपातकालिन अवतरण गराईएको थियो । न्यायधिश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाण्डौका लागि फेरी उडेको प्रहरीले जनाएको छ । विमानस्थलको भिआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधिश बमको स्वास्थ्य अवस्था सामान्य बनेपछि नेपालगञ्जस्थित ए...
नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

नेपालगञ्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २१ । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड रोगविरुद्धको खोप अभियानमा लक्षित उमेरका कोही पनि बालबालिका छुट्न नहुने कुरामा सबैलाई सचेत र जागरुक पार्ने कार्य गरिरहेको छ । सो क्रममा उपमहानगरको स्वास्थ्य शाखाले सोमवार पत्रकारहरुसंग अन्तरक्रिया गरेर उक्त सम्बन्धमा प्चार प्रसार गरेर सहयोग गरिदिन आग्रह गरेको छ । सो अवसरमा नेपालगञ्जमा ३९ हजार जना बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने पालिका नेपालगञ्ज उपमहानगर कार्यालयका हेल्थ असिस्टेन्ट तेजबहादुर ओलीले बताउनुभयो । सो अभियान २३ चैतदेखि २८ गतेसम्म सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो । ओलीका अनुसार नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ । नगरमा सबैभन्दा बढी खोप वडा नं ४ मा २ हजार ८०९ र वडा नं १८ मा २ हजा...
स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

स्वास्थ्य सेवामा पनि फड्को मार्दै नरैनापुर, १५ शैयाको अस्पताल निर्माण शुरु

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १४ । करिब ५ वर्ष अघि स्थानीय तहको निर्वाचन सम्पन्न भएयताको अवधीमा सडक, विद्युत, शिक्षा, यातायात र स्वास्थ्यमा फड्को मारेर दुर्गमबाट सुगम बन्न सफल भएको बाँकेको नरैनापुर गाउँपािलका समृद्धि र विकासको बाटोमा निरन्तर अग्रसर छ । शिक्षामा सबैभन्दा पछाडी मानिने सो पालिकाले सोमवारनै आफुलाई साक्षर पालिका घोषणा गरेकै दिनमा स्वास्थ्यका लागि पनि महत्वपुर्ण कार्य गर्न सफल भएको छ । स्वास्थ्य सेवाका लागि अन्य पालिका भन्दा निकै पछाडी मानिने नरैनापुरले गाउँपालिकाको वडा नम्बर ४ जयरामपुर्वामा १५ शैयाको अस्पताल निर्माण पनि सोमवारबाटै शुरु गरेको छ । केही वर्ष पहिलेसम्म एम्बुलेन्स समेत नभएको सो पालिकामा सामान्य उपचारका लागि सीमापारी भारतको विभिन्न ठाउँमा जानुपर्ने बाध्यता रहेकोमा अहिले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका विभिन्न सेवा सुविधा थप गरेर चिकित्सकहरु...
कतार च्यारेटीद्धारा नरैनापुरसहित लुम्बिनीका आठ स्थानीय तहलाई अत्याधुनिक एम्बुलेन्स प्रदान

कतार च्यारेटीद्धारा नरैनापुरसहित लुम्बिनीका आठ स्थानीय तहलाई अत्याधुनिक एम्बुलेन्स प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, चैत १३ । ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको सहज पहुँच बढाई प्रभावकारी स्वास्थ्य सेवा मार्फत मातृ तथा शिशु मृत्युदर कम गर्न टेवा पुर्‍याउने उद्देश्यले कतार च्यारिटी नेपालले लुम्बिनी प्रदेशका आठ ओटा स्वास्थ्य संस्थालाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ। कतार च्यारेटीको सहयोगमा लुम्बिनी एकिकृत विकास संस्थाले प्रदेशका ८ ओटा स्थानीय तहका स्वास्थ्य संस्थालाई दिनेगरि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई आइतवार बुटवलमा ती एम्बुलेन्स हस्तान्तरण गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारू र शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खानको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सीलाई ती आठ ओटा एम्बुलेन्सको साँचो र कागजपत्र हस्तान्तरण गरिएको कतार च्यारिटीका निर्द...
कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगज, चैत १ । सामान्य विवादमा भएको कुटपिटबाट गम्भीर घाइते भै नेपालगञ्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहेका खजुरा गाउँपालिका वडा नम्बर ८ का कलिम साईको मंगलवार मृत्यु भएको छ । मृतक साईका पिता सलिम साईका अनुसार फागुन २५ गते तास खेल्ने विषयमा भएको सामान्य विवादलाई लिएर २६ गते सोधपुछ गर्ने क्रममा आफ्नो छोरामाथि तिलक शाही, रतन शाही र नेत्र शाहीले भाटाले आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा साईको स्वास्थ्य अवस्थामा सुधार नआई झन झन गम्भिर बन्दै गएपछि मंगलवार दिउँसो मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ । सामान्य विवादमा कुटपटि गरेर मानिसको ज्यान लिनेहरुलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रहरी प्रशासनसंग माग गरेका छन् । साईलाई आक्रमण गर्न...
कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
६७८ जनाको स्वास्थ्य परीक्षण गरेर औषधी वितरण गरियो नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत १ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६७८ जना महिला पुरुष र बालबालिकाले निशुल्क स्वास्थ्य परिक्षण गराएर औषधी समेत निशुल्क पाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । स्वास्थ्य परिक्षण गराएका ६७८ जना मध्ये जटिल क...