समयमै छारे रोगको उपचार गराउन वरिष्ठ न्युरो सर्जन डा.न्यौपानेको आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २ । अन्तर्राष्ट्रिय छारे रोग दिवसका अवसरमा सोमवार नेपालगञ्जमा छारे रोग सम्बन्धि साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा बोल्दै नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेसियालिटी सेन्टरका प्रमुख वरिष्ठ न्युरो सर्जन डा.जोशन न्यौपानेले समयमै उपचार गरे सबै छारे रोगहरु नियन्त्रण गर्न सकिने हुँदा सो तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
उहाँले २ देखि ३ बर्षसम्म औषधि सेवन गरेपछि सो रोग नियन्त्रण हुने र त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिने हुँदा रोग लुकाएर नबस्न सबैलाई आग्रह गर्नुभयो ।
५०औं पटकको जाँचमा पनि रोग नदेखिने जोखिम समेत हुने बताउँदै डा. न्यौपानेले सामान्य टोलाउनेदेखि बेहोस हुने अवस्थालाई छारे रोगको रुपमा बुझ्नुपर्ने जनाउनुभयो ।
टोलाउने, हात काँप्ने, बेहोस हुने सबै छारे रोगका प्रकारहरु हुन् । छारे रोग लागेपछि मानिस २ देख...









