बाँके ट्राफिक प्रहरीद्धारा कोरोना विरुद्धको सचेतना अभियान निरन्तर जारी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १७ । बाँकेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पालनासंगै कोभिड विरुद्धको सचेतना अभियानलाई पनि निरन्तर जारी राखेको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत केही समयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा सवारी साधनको चेकजाँचसंगै आवागमन गर्ने नागरिकलाई मास्क लगाउन आग्रह गर्दै ठुलो संख्यामा मास्क वितरण गरेको छ । सो कार्यालयका विभिन्न प्रहरीले विभिन्न स्थानमा मास्क वितरण, मास्क चेकजाँच लगायतको अभियानमा तिव्रता दिएका छन् ।
कामको शिलसिलामा खटिंदा कोरोना संक्रमित हुनुभएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह निको भएर फेरी काममा खटिएलगत्तै कोरोना विरुद्धको सचेतना फैलाउन फेरी सक्रिय भएर लाग्नु भएको छ । प्रमुख शाहको नेतृत्वमा ट्राफिक प्रहरीले सोमवार नेपालगंज बजार क्षेत्र, रत्न राजमार्ग र नेपाल...









