बाँके प्रशासनद्धारा सेवाग्राही बढी हुने कार्यालयको अनुगमन, स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ६ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मातहतका कार्यालयहरुले कोभिड सम्बन्धि जनस्वास्थ्य मापदण्डको पालना लगायत माघ ७ गतेपछि सेवाग्राही र कर्मचारी दुबैका लागि खोप कार्ड अनिवार्य गरिएको निर्देशनको व्यवस्थापन कसरी गरेका छन् भन्ने जानकारी लिने काम शुरु गरेको छ । सो क्रममा जिल्ला प्रशासन कार्यालयको एक उच्चस्तरीय टोलीले विहिबार नेपालगञ्जका अत्याधिक सेवाग्राही हुने तीन वटा कार्यालयको स्थलगत अनुगमन गरेर देखिएका कमीकमजोरीहरुका सम्बन्धमा आवश्यक सुझाव र निर्देशन समेत दिएको छ ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको नेतृत्वमा गएको टोलीले सेवाग्राहीको अत्याधिक भिडभाड हुने नेपालगञ्जस्थित नापी कार्यालय, मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी केसीले अनुगमनका क्र...









