बाँकेमा स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ३ । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना गरेकोछ । महासंघ बाँके शाखाका पूर्व सभापति समेत रहेका पत्रकार नीरज गौतमका बुवा स्वर्गीय सूर्यनाथ गौतमको नाममा स्वास्थ्य मुटु पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
स्वर्गीय सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा कोष स्थापना गर्दै नगद एक लाख महासंघ अध्यक्ष दामोदर भण्डारीलाई प्रदान गर्नुभयो। सूर्यनाथको मुटु रोगकै कारण निधन भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको श्रीमती एवम पत्रकार नीरजका आमा सुशीला गौतमले जानकारी दिनुभयो ।
उक्त पत्रकारिता पुरस्कार कोषको संरक्षकमा सूर्यनाथका छोरा नीरजलाई राखिएकोछ । कार्यक्रममा बोल्दै कोषका संरक्षक एव पत्रकारसमेत रहनु भएका नीरजले बुवाको स्मृतीमा समाजमा केही गर्न सक...









