स्वस्थ्य

जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना २४ बर्षीय युवकलाई नाकामा रहेको प्रहरीले पक्राउ गरेको छ । सोमवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई चेकजाँचका क्रममा लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाइन एभिल ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो । उहाँले पक्राउ परेका कैलालीका बोगटीसँग थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले कडाई शुरु गरेपछि दैनि...
कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

कतार च्यारेटीद्धारा लुम्बिनी प्रदेशलाई एक करोड दस लाखको स्वास्थ्य सामाग्री प्रदान

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ९ । कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई अपरेसन थिएटर सेटअप, ३ थान आईसीयू सेट र १ पिसिआर ल्याबसहित एक करोड दश लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । च्यारिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलमान केसीको उपस्थितिमा नेपालका लागि कतारका राजदूत महामहिम युसुफ मोहम्मद अल हैलले प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । कोरोना नियन्त्रण लगायत अन्य विभिन्न स्वास्थ्य समस्याको समाधानका लागि कतार च्यारेटीले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको प्रेस संयोजक विकले बताउनुभयो । विकका अनुसार स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री माननीय वसिउद्दीन खान, कतार ...
बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

बाँकेमा एक लाख ४२ हजार मानिस अझै खोपको पहुँचभन्दा बाहिर

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ६ । बाँकेमा अझैपनि एक लाख ४२ हजार मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । सरकारले हरेक नागरिकलाई खोप लगाउने लक्ष्यका साथ तिव्र गतिमा खोप लगाउने अभियान जारी राखेपनि पश्चिम नेपालकै सबैभन्दा सुगम र विकसित मानिएको बाँकेमा अझै धेरै ठुलो जनासम्म कोरोनाको खोप पुग्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका चार लाख छ हजार एक सय ६५ जना रहेकोमा ती मध्ये एक लाख ४१ हजार छ सय ७४ जना मानिसहरु कोरोना खोपको पहुँच भन्दा बाहिर रहेका छन् । एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुबै मात्रा पूरा गरेको जनाउँदै एक मात्रा पुरा गर्नेहरु दुई लाख ६४ हजार चार सय ९१ रहेको छ । जिल्लामा दुबै मात्रा पुरा गर्ने ४८ प्रतिशत रहेका छन् भने एक मात्र मात्रा लगाउने ६५ प्रतिशत रहेका छन् । खोपको पहुँच भन्दा बाहिर रहेका ठुलो संख्...
वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

वडा प्रहरीद्धारा नौ ग्राम ब्राउनसुगरसहित तीन जना नियन्त्रणमा, प्रहरी सक्रियता बढ्यो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । खुला सीमानाको फाइदा उठाउँदै सीमापारीबाट लागु औषधको ओसार पसार गर्नेहरु विरुद्ध बाँके प्रहरीले निगरानी बढाउनुका साथै निरन्तर कडाई जारी राखेको छ । प्रहरी निगरानीमा तिव्रता दिईएकै कारण समय समयमा जमुनाह प्रहरी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध नियन्त्रण ब्युरोको सहकार्यमा ब्राउन सुगर बरामद गर्दै आएको छ । सीमा पारी रुपैडिहामा खुला रुपमा विक्रि भैरहेको लागु औषधलाई बाँके जिल्लामा मात्र नभई पहाडी जिल्लाहरुमा समेत पठाउन थालिएपछि प्रहरीले निगरानी बढाएर कडाई शुरु गरेको हो । सोही क्रममा पछिल्लो समयमा आइतवार वडा प्रहरी कार्यालय नेपालगञजको टोलीले नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली खड्काका अनुसार नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्...
मेडिकल कलेजको कोहलपुर अस्पताललाई नेकपा विप्लवले चेतावनीसहितको ज्ञापनपत्र बुझायो

मेडिकल कलेजको कोहलपुर अस्पताललाई नेकपा विप्लवले चेतावनीसहितको ज्ञापनपत्र बुझायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २ । नेपालगञ्ज मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण असपताल कोहलपुरलाई विप्लब नेतृत्वको नेकपाले अस्पताल भित्र गम्भरि किसिमका लापरवाही र बेवास्ता गरिनुका साथै विरामी तथा कुरुवालाई दुख दिने विभिन्न कामहरु भैरहेको आरोप लगाउँदै तत्काल सुधार गर्न अल्टिमेटम सहितको ज्ञापन पत्र वुझाएको छ । नेकपा विप्लवका इन्चार्ज दिपकको नेतृत्वमा गएको समुहले विभिन्न माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा हाड जोर्नी तथा हात खुट्टाको उपचार गर्ने शिलशिलामा अधिकांश विरामीहरुको २ पटक ३ पटक र केहीको त ४ पटकसम्म अप्रशेन गर्नु परेकोले ध्यानकर्षण गराउँदै यस्ता घटनाहरु प्राविधिक समस्यामा नभएर पैसा कमाउने नियतले गरिएका मानवीयता विरोधि अपराधसंग जोडिएका तथ्यहरु प्राप्त भएका छन भन्दै यस्ता गतिवधिहरु तत्काल सुधार नगरे ठोस कदम चाली कारबाहीको प्रक्रिया अगाडी बढाइन...
राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २ । नेपालगञ्ज उपमहानगर भित्रको खानेपानी अभावको समस्या समाधानका लागि ५ वर्षअघि शुरु गरिएको बहुप्रतिक्षित राप्ती खानेपानी आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको । बाँकी रहेको २० प्रतिशत निर्माण कार्यलाई आगामी तीन महिनाभित्र पुरा गरेर राप्ती नदीबाट प्रशोधित गरेर ल्याईएको खानेपानीलाई उपभोक्ताको घरमा पुरयाइने खानेपानी संस्थान नेपालगञ्जले जनाएको छ । डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीबाट १६ किलोमिटर पाइप विछाएर खानेपानी नेपालगञ्ज पुरयाउने सो आयोजना अन्तर्गत १३ किलोमिटर पाइप बिछाउने कार्य सम्पन्न भैसकेको र बाँकी रहेको तीन किलोमिटरको काम पनि भैरहेकोले तीन महिनाभित्र पानी पुग्ने खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरी कुमार श्रेष्ठले बताउनुभयो । राप्तीनदीबाट ल्याईएको पानीलाई नेपालगञ्जको कारकाँदो, बागेश्वरी टोल, जयसपुर र पुरैनामा निर्माण गरिएका ट्यांकीहरुमार...
भेरी अस्पतालमा कोरोनाका दुई जना मात्र विरामी, कोभिड वार्ड रित्तियो

भेरी अस्पतालमा कोरोनाका दुई जना मात्र विरामी, कोभिड वार्ड रित्तियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, पुस १ गते । कुनैबेला भेरी अस्पतालमा ठाउँ नपाएर कोभिडका विरामीलाई बरण्डादेखि चौरमा समेत राखेर उपचार गर्नुपरेको थियो । तर हाल आएर दुई जना मात्र संक्रमित भर्ना छन् । पश्चिम नेपालका कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका धेरै जिल्लाका गम्भीर संक्रमितको उपचार हुँदैआएको नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिले हालसम्मकै सबैभन्दा कम दुई जना मात्र संक्रमितको उपचार भैरहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेकाअनुसार पछिल्लो समय संक्रमित हुनेको संख्या कम हुँदै गएपछि अस्पताल पुग्ने पनि घट्दै गएका छन् । अब निको हुन दुई जना मात्र बाँकी रहेको अस्पतालले जनाएको छ । ती दुई जना संक्रमित पनि निको भएर घर फर्किएमा अस्पताल कोभिडका विरामीबाट खाली हुने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । हाल आएर संक्रमित थपिनेक्रम पनि निकै कम भएको जनाउँदै विहिबार जिल्लामा ३ जना संक्रमित थपिएकोमा सब...
कोरोना खोप लगाउन पहिले हात जोडियो, अहिले तछाड मछाड छ

कोरोना खोप लगाउन पहिले हात जोडियो, अहिले तछाड मछाड छ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगञ्ज, मङ्सिर २७ गते । केही समय पहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि घरघरमा गएर अनुनय विनय गर्नुपर्ने अवस्था रहेकोमा अहिले खोप केन्द्रमा थामिनसक्नु भीड देखिएको छ । ओमिक्रोन भाइरसको त्रासपछि बाँकेमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड खोप केन्द्रमा बढेको हो । घातक भाइरस ओमिक्रोन नेपालमा पनि भेटिएको थाहा पाएर सोबाट जोगिन जिल्लाका विभिन्न वडाहरुमा रहेका खोप केन्द्रमा खोप लगाउनेको थामिनसक्नु भीड लागेको बाँकेका खोप फोकल पर्सन स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । उहाँले केही समयअघिसम्म खोप केन्द्रमा दिनभर मानिस कुरेर समय बिताउनुपर्ने अवस्था रहेकोमा अहिले खोप लगाउनेको चाप अत्याधिक बढेको बताउनुभयो । कतिपय खोप केन्द्रमा त विहानैदेखि मानिसहरु लाममा लागेको र रातिसम्म पनि खोपका लागि तछाडमछाड गरिरहेको पाइएको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उहाँले यो निकै र...
विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, स्वस्थ्य
युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् । गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो । पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो । यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो । उहाँले तत्काल मिलेको यो सहयोगले ज...
रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

रड प्रहार गरेर पत्निलेनै गरिन् पतिको हत्या

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर २० । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन भैरहेकै समयमा कोहलपुरमा श्रीमतीले रडले लगातार टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन । कोहलपुर नगरपालिका वडा नं ७ को रजगडवाका ३० वर्षिय लक्ष्मण हरिजनको उनकी श्रीमति २५ वर्षिय ओरबी हरिजनले हत्या गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनु भएको छ । डिएसपी खनालका अनुसार, श्रीमान लक्ष्मणले सधैं मदिरा सेवन गरी श्रीमतीलाई कुटने गर्दथे । त्यही रिसको झोकमा श्रीमती ओरबीले रडले लगातार टाउकोमा प्रहार गरेर उनको हत्या गरेको खनालले बताउनुभयो । प्रहरीका अनुसार रडको प्रहारबाट लक्ष्मण बेहोस भएका थिए । घाइते लक्ष्मणको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । ओरबीलाई नियन्त्रणमा लिइसकेको कोहलपुर प्रहरीले जनाएको छ ।...