फोहोर व्यवस्थापनकालागि नेपालगन्जमा बृहत्त जनचेतना र्याली र अन्तरक्रिया
समाचारदाता
नेपालगन्ज, कात्तिक ६ । नेपालगन्ज उपमहानगरको फोहर व्यवस्थापनमा नगरवासीको ध्यानाकर्षण गराउने उदेश्यले मंगलवार यहाँ एक बृहत्त जनचेतना र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सरसफाई सम्बन्धि जनचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेर नगरपरिक्रमा गरेको सो र्यालीमा स्थानीय सरकारका प्रतिनिधिहरु, सरसफाईकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि, बिद्यार्थि, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरसंगको सहकार्यमा सो र्याली र अन्तरक्रिया आयोजना गरिएका होे ।
स्थानीय सेतु विक चोकबाट शुरु भएको र्यालीले आफ्नो सहर र क्षेत्र सफा राख्न तथा सरसफाईमा सहयोग गरेर सभ्य नागरि...









