बाँकेको डुडुवा गाउँपालिकामा पोषण लेखाजोखा सम्बन्धि अभिमुखिकरण सम्पन्न
समाचारदाता
नेपालगन्ज, पुस ३ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।
केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो अभिमुखिकरण मंगलवार सम्पन्न भएको हो ।
गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा तथा व्यवस्थापनको सम्बन्धमा आयोजना गरिएको सो कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बानोले अशिक्षा र जनचेतनाको अभावले गाउँमा बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको जनाउँदै यो परियोजनाले सो समस्या समाधान गर्न सहयोग गर्ने बताउनुभयो ।
आजका बालबालिका भोलीका कर्णधार भएको जनाउँदै उहाँले पोषण परियोजनालाई सफल पार्न सिंगो गाउँपालि...









