कोभिड नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन जमुनाहा नाकामा कडाई
सिराज खान
नेपालगञ्ज, मङ्सिर १६ गते । घातक मानिएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस भारतबाट नेपाल भित्रिन सक्ने सम्भावना रहेकाले यहाँस्थित जमुनाहा नाकामा कडाई शुरु गरिएको छ ।
विशेषगरी भारतका विभिन्न ठूला सहरमा काम गरेर फर्किने नेपालीसँगै सो भाइरस पनि भित्रिन सक्ने खतरा रहेकाले स्वदेश फर्किने सवै नेपालीको एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्न थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार यसअघि भारतबाट आउने हरेक समुहबाट एक जनाको मात्रै परीक्षण गरेर पोजेटिभ भेटिएमा अरु सबैको गर्ने गरिएको थियो । अहिले भारतबाट आउने सबैको परीक्षण शुरु गरिएको उहाँले बताउनुभयो ।
जमुनाहा नाकामा रहेका हेल्थ डेस्कलाई भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न निर्देशन दिइएपछि काम गरेर फर्किने सवै नेपालीको कोरोना जाँच गर...









