नेपाली काँग्रेस बाँकेको निर्वाचन स्थगित हुँदा दुबै समहुलाई राहत
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बाँकेमा यस पटक संस्थापन समुहको अवस्था निकै सुदृढ रहेकोले संस्थापन समुहकै सभापति विजयी हुने संभावना देखिएको काँग्रेसका नेता कार्यकर्ताले जनाएका छन् । निर्वाचन स्थगित भएपछि कोइराला पौडेल समुहले निर्वाचन तयारीको समय पाएको छ भने संस्थापन समुहमा सभापतिका आकांक्षी धेरै रहेकाले उनिहरुले मिलाउने समय पाएका छन् ।
निर्वाचन स्थगित भएकोले अब सभापतिका आकांक्षीलाई मिलाएर अगाडी लैजान सहज हुने संस्थापन समुहका एक नेताले बताए । उनले आफ्नो समुह जिललामा निकै बलियो भएपनि समुहबाट एक भन्दा बढी उम्मेदवार भएमा कोइराल...









