मधुबनमा पनि मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला
समाचारदाता
नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ ।
“सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना संयोजक ईश्वर बि.केले गर्नुभयो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो ।
कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावकारी वात...









