मुख्य समाचार

मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसमा लागुपदार्थ र मानव बेचबिखनविरुद्ध सचेतना

मधुवन र राजापुरमा अन्तर्राष्ट्रिय युवा दिवसमा लागुपदार्थ र मानव बेचबिखनविरुद्ध सचेतना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो । सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि सिकाउन...
नेपालगन्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु – परराष्ट मन्त्री राणा

नेपालगन्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु – परराष्ट मन्त्री राणा

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ। नेपालगन्ज दिल्ली...
कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

कर्णाली बैंक घोटाला ः वडाअध्यक्षदेखि चिकित्सक र अडिटर गरेर १०३ फरार

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २३ गते । कर्णाली डेभलपमेन्ट बैंकको घोटालामा फरार सूचिमा रहेका १०३ जना मध्ये बैंकका उच्च कर्मचारी, सञ्चालक, राजनितक दलका नेताहरु, चिकित्सक र लेखा परिक्षकहरु समेत रहेका छन् । फरार सूचिमा रहेकाहर मध्ये बैंकका अध्यक्ष डा. ओम प्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु दिनेश कुमार रावत, निरज बिक्रम शाह र बिष्णु प्रसाद कक्षपति, बैंकका पूर्व नेपालगन्ज शाखा प्रमुख दिपा थापा रहेका छन् । सोही प्रकारले डुडुवा गाउँपालिका वडा नम्बर ६ का बहालवाला वडा अध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनितिक दलका नेताहरु ओम प्रकाश आजाद र ओम प्रताप राणा पनि फरार सूचिमा रहेको जनाईएको छ । यसैगरि लेखापरिक्षकहरु विनम कुमार श्रेष्ठ, भुवन प्रसाद गैरे, तुलाराम कुर्मी, केशव प्रसाद न्यौपाने र शुरेशचन्द्र श्रेष्ठ पनि सो बैंक घोटालामा फरार सुचिमा रहेका छन् । बैंकमा घोटाला गरेक...
सीमापारी भारतको रुपैडिहामा मृत भेटिएका नेपाली युवक कोहलपुरका अरुण वर्नवाल रहेको पुष्टि

सीमापारी भारतको रुपैडिहामा मृत भेटिएका नेपाली युवक कोहलपुरका अरुण वर्नवाल रहेको पुष्टि

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, साउन २३ गते । यहाँस्थित नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा बिहिबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ । रुपैडिहामा शव भेटिएको ती नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको भनि परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ । रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजले दिनु भएको जानकारी अनुसार रुपैडिहास्थित एउटा खाली घरको बगैंचामा भेटिएको नेपाली युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेकोमा उनकी बहिनी प्रभा वर्नवालले आफ्नो दाई भनि पहिचान गर्नु भएको हो । सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीनदिनअघि नै भएको अनुमान गरिएको बताउनुभयो । मृत भेटिएका युवक सीमापारी लागु औषधको सेवनका लागि गएको हुनसक्ने अनुमान भारतीय प्...
कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

कर्णाली बैंक घोटालामा राय, मिश्र र ठकुरीलाई जेल पठाईयो, राष्ट बैंकका पूर्व कर्मचारी बस्नेतलाई धरौटीमा छोड्न आदेश

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, साउन २२ । नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको आर्थिक घोटालामा पक्राउ परेका पूर्ब सञ्चालक र कर्मचारी तीन जनालाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायसहित पूर्ब अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्त शाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशले बुधबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी बलबहादुर बिष्टले जानकारी दिनुभयो । न्यायाधीश चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त ईजलाशले बुधबार राती यस्तो आदेश गरेको हो । यसैगरी आर्थिक घोटालामा पक्राउ परेका विज्ञको रुपमा बैङ्कको सुपरिबेक्षणमा खटिएका नेपाल राष्ट्र बैङ्कका पूर्ब कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपियाँ धरौटीमा छाड्ने आदेश भ...
नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ । संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ,...
वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन २१ गते । विगत लामो समयदेखि वातावरणको संरक्षणमा सक्रिय रहनु भएका बाँकेका वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान गरिएको छ । नेपालगन्जमा आयोजना गरिएको बिशेष कार्यक्रममा नेपालगन्ज १९ निवासी वातावरण संरक्षण अभियन्ता काफ्लेलाई दस हजार रुपियाँ नगद र सम्मान पत्रसहित पाचौं नाइस अवार्ड २०२५ प्रदान गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र गैसस महासँघका केन्द्रीय सचिब नमस्कार शाहले काफ्लेलाई संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभयो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले लामो समयदेखि वातावरण संरक्षण र हरित अभियानमा सक्रिय काफ्लेलाई यो अवार्ड प्रदान गर्दा खुशी लागेको जनाउँदै समाजमा राम्र...
सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
सिराज खान नेपालगन्ज, साउन २० गते । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरुको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्ने नीति मार्गदर्शन निर्माण गरेर राजपत्रमा प्रकाशित गरि लागु गरेको छ । उपमहानगरपालिकाले गैर सरकारी संस्था बि ग्रुपसंगको सहकार्यमा निर्माण गरेको ‘सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्ग दर्शन २०८१’ को बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन नेपालगन्जमा एक परिचयात्मक कार्यशालाको आयोजना गरियो । सो कार्यशालामा बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामहरी शर्माले सरसफाईकर्मीका लागि निर्माण गरिएको नितिका बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने नेपालगन्जको स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले निति मार्गदर्शनमा उल्लेख गरिएका व्यवस्थाका बारेमा जानकारी गराउनु भयो । उहाँहरुले नेप...
बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ । क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो । क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा बर्दिय...
बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ । यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, ब...