मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण
समाचारदाता
नेपालगन्ज, असार १४ । जननेता स्वर्गिय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जका दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो ।
मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालको अगुवाइमा नेकपा एमाले बाँकेको पार्टी कार्यालय परिसरमा तथा नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष भिम रानाभाटको अगुवाइमा एकीकृत भंसार जाँचचौकी परिसरमा बृक्षारोपण गरिएको हो ।
पार्टी कार्यालय परिसरमा गरिएको बृक्षारोपणमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल, केन्द्रीय सदस्य मोहमद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा , पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेको मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धिता...









