नेपालगन्ज उपमहानगरपालिकाद्धारा पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित
पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवाको आवधिक समिक्षा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, साउन १५ । भेरी वातावरणीय बिशिष्टिता समुह बि ग्रुपद्धारा ए.एफ.डि. र एम.डि.एम. फ्रान्सको सहयोगमा बाँकेमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरूकालागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन निर्देशिका तयार गरी राजपत्रमा प्रकाशन गरेको छ ।
यो कदम नेपालका अन्य पालिकाहरूकालागि पनि सराहनीय उदाहरण बन्न सक्ने सम्बन्धित सरोकारवालाले जनाएका छन् ।
सो नीति मार्गदर्शन कार्यान्वयनको लागि पालिका तथा वडास्तरीय समिति गठन गर्न बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ ।
विशेषगरी नेपालगन्ज उपमहानगरपालिकाद्धारा राजपत्रमा प्रकाशित स्वास्थ्य सम्बन्धि सो नीति मार्गदर्शनले अन्य पालिकाहरूलाई पनि सरसफाईकर्मी र किसानको सुरक्षाको दिश...









