मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको जानकारी...









