भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै
सिराज खान
नेपालगन्ज, असार ७ । भारत उत्तरप्रदेशकाे राजधानी लखनउमा नेपाल र भारतकाे साहित्य र संस्कृति प्रवर्द्धनका लागि एक विशेष कार्यक्रमको आयोजना हुने भएको छ।
भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा अन्तर्राष्ट्रिय साहित्यिक मेला २२ जुन २०२५ मा हुन लागेको रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो ।
उहाँका अनुसार साे साहित्यक मेलामा साहित्यकारहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्।
उक्त कार्यक्रमको आयोजनामा 'साहित्य उत्सव' नामक विशेष कार्यक्रमले प्रमुख भूमिका खेल्नेछ।
कार्यक्रमको उद्देश्य भनेको साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्द्धन गर्नु रहेको जनाईएकाे छ । आयोजकका अनुसार यस कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाउनेछन्।
साहित्यिक संवाद, पुस्...









