बर्दियाको मधुवनमा एक घर, एक पढाइ कुना अभियानमा अभिभावकको सक्रिय सहयोग
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा “एक घर, एक पढाइ कुना” अभियानलाई अभिभावकहरूले सक्रिय सहयोग गरेर आफ्ना बालबालिकाको शिक्षामा बिशेष ध्यान दिएको पाईएको छ ।
नगरपालिकामा पढाइ कुनाको बारेमा अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आफ्ना बालबालिकाका लागि पढ्ने बानी विकास गर्न, नियमित गृहकार्य गराउन र विद्यालय जान उत्प्रेरित गर्ने कार्यमा अभिभावक आफै सक्रिय रहेको पाईएको शिक्षा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
शिक्षा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टको संयोजकत्वमा रहेको अनुगमन टोलीले मधुवन नगरपालिकाको वडा नम्बर १ र २ मा पुगेर बालबालिकाको अध्ययनकालागि अनुकूल वातावरण सृजना गर्न बनाइएका पढाइ कुनाहरूको स्थलगत निरिक्षण अवलोकन गरेको थियो ।
अनुगमन गर्दा अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षाका लागि “एक घर, एक पढाइ कुना” अभियानलाई तिव्रता दिएर काम गरिरहेको पाईएको...









