बर्दियाको मधुवनमा शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ १८ । बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा मधुवन नगरपालिकाको डल्लामा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन गर्दै मधुबन नगर पालिकाका नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा गरिएका यस्ता कार्यक्रमले शिक्षाको विकासमा बिशेष योगदान पुराउने बताउनुभयो ।
उहाँले यस्ता तालिमले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन पनि ठुलो सहयोग गर्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस्कोले स...









