बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, बैशाख १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो ।
उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए ।
मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएक...









