गुलरियामा किशोरी लक्षित यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन
समाचारदाता
नेपालगन्ज, असार १ । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ ।
क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर संचालन गरिएको हो ।
सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँँले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताउनुभयो ।
...









