बाँकेका पत्रकार डा. धिताल भारतको नयाँ दिल्लीमा सम्मानित
समाचारदाता
नेपालगन्ज, असार १७ । बाँकेका वरिष्ठ पत्रकार डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार दिल्लीस्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा डा.धिताललाई अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड २०२४ बाट सम्मानित गरिएको हो ।
प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य, बाँके इन्चार्ज, भेरी अस्पताल विकास समितिका सदस्य तथा गुड न्युज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक डा. धिताललाई कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतीय मुख्य डिजाइनर आस्मा गुल्जार र पदम श्री सुन्त्याले संयुंक्त रुपमा सम्मान गर्नु भएको थियो ।
ब्राण्डम्यान नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बायोटाको आधारमा छनोट गरेर नेपालबाट डा. धिताललाई सम्मान गरिएको संस्थाका अध्यक्ष अंकित कौशिकले बताउनु...









