राप्ती नदीमा निर्माण हुने नयाँ पुलको ठेक्का डेढ अर्बमा उठ्यो
पुर्वमन्त्री ईश्तियाक राईले सो पुल निर्माणको योजना पास गराएका थिए
समाचारदाता
नेपालगन्ज, पुस २० । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको बाँके जिल्लाको राप्ती नदीमा बन्ने नयाँ लामो फराकिलो पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथिको पुल निकै साँघुरो र जिर्ण भएकोले नयाँ पुल निर्माण गर्न तत्कालिन भौतिक पुर्वाधार मन्त्री मोहम्मद ईश्तियाक राईले योजना पारित गराउनु भएको थियो ।
सो पुल निर्माणको लागि लुम्बिनी रतुवा बन्दन भगवती जेभीले करिब १ अर्ब ५० करोड रुपियाँको लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। पुलको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो।
सो पुल निर्मााण्का लागि ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी रतुवा बन्दन भगवती जेभी रहेका थिए । ती मध्ये लुम्बिनी रत...









