तीन महिने सिलाई कटाई तालिमका सहभागिलाई मेसिनसहित सामाग्री वितरण
समाचारदाता
नेपालगञ्ज, पुस २८ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।
अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक शसक्तिकरणका लागि साना तथा मझौला उद्यम विकास परियोजना अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा नेपालगञ्जका २० जना अति विपन्न तथा एकल महिलाको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा नेपालगञ्ज उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, शिक्षा, खेलकुद र युवा महाशाखा प्रमुख गोरख बहादुर थापा, कतार च्यारेटी नेपालका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र क्लबका कोषाध्यक्ष फिरदोस ज...









