नेपालगञ्जलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु–पुर्वमन्त्री राई
नेपालगञ्जपाटी विशेष समाचार
नेपालगञ्ज, कात्तिक २३ । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज र सो वरिपरिको क्षेत्रलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो– जसले जे जति विरोध गरेपनि, जति खिस्सी काटेपनि मैले नेपालगञ्जको विकासका लागि शिलान्यास गर्ने कार्य निरन्तर गरिरहनेछु । यो सहरलाई शिलान्यास नै शिलान्यास र विकास नै विकासको सहर बनाउनेछु ।
यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बाँके क्षेत्र नम्बर २ को विकासकालागि आफ्ना ‘दश दृष्टि’ सार्वजनिक गर्दै पुर्वमन्त्री राईले आफुले गर्ने कामहरुको दस बुंदा र त्यसको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँले जसले जे भनेपनि जे मजाक उडाएपनि आफुले शिलान्यास गर्नुका साथै काम पनि गरेर देखाएको जनाउँदै अहिले विरोधीको मुखमा ताला लागेको बताउनु...









