माओवादी केन्द्रका अकल बमद्धारा प्रचार प्रसार र मतदाता भेटघाटमा तिव्रता
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १९ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ को २ बाट माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले मतदाता भेटघाटलाई तिव्र पारेका छन् । उनलाई नेपालगञ्जका आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेको बमको सचिवालयले जनाएको छ।
जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तर सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को २ का जनता खुशी भएका छन् ।
युवा उमेर, आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम जनताको घर आँगनमा पुग्दा आम नागरिकले राम्रो सम्मान र स्वागत गरिरहेको उम्मेदवार बमले बताए ।
ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका आशलाग्दा युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, ...









