मुस्लिम नेता खालीद ईराकी बने प्रतिनिधिसभाको समानुपातिकमा राप्रपा नेपालको मुस्लिम कलस्टरको पहिलो उम्मेदवार
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असोज २६ । बाँके जिल्लाका मुस्लिम नेता खालीद ईकबाल ईराकीलाई राप्रपा नेपालले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको पहिलो नम्बरको उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रिय सदस्य तथा मुस्लिम विभागका प्रमुख समेत रहनुभएका नेता ईराकीलाई मुस्लिम कलस्टरबाट पहिलो नम्बरको उम्मेदवार बनाएपछि उहाँको सांसद निर्वाचित हुने संभावना प्रवल देखिएको छ ।
पार्टीले उम्मेदवार बनाएपछि पार्टी अध्यक्ष कमल थापालाई धन्वाद दिंदै नेता ईराकीले राप्रपा नेपालले मुस्लिम समुदायलाई सधैं उच्च मान सम्मान दिएको र सबै धर्मको सम्मान गर्दै आएको बताउनुभयो ।
उहाँले राप्रपा नेपाललाई मतदान गरेर आफुलाई विजयी बनाउन सहयोग गर्न पनि सम्पुर्ण मुस्लिम मतदाता लगायत सबै मतदातासंग अनुरोध गर्नु भएको छ ।
सामाजिक कार्यमा सक्रिय भएर सधैं जनताको सेवा गर्न रुचाउने ईराकी जनतामाझ लोकप्रिय हुनुहन्छ । राष्टिय मुस्लिम आयो...









