माओवादीका आइपी खरेल जिताउ अभियान तिव्र, ७५१ सदस्यीय कमिटी गठन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, कात्तिक १३ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल आइपीलाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
बाँके निर्वाचन क्षेत्र ३ को १ बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ को १ को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।
खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन ।
...









