बाँके क्षेत्र नम्बर २ का जनता विकासको पक्षमा एकजुट छन्–ईश्तियाक राई
समाचारदाता
नेपालगञ्ज, कात्तिक १ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ बाट संघिय सांसदका उम्मेदवार मोहम्मद ईश्तियाक राइले क्षेत्र नम्बर २ का अधिकांश जनता विकासको पक्षमा लामवद्ध भैरहेको बताउनुभएको छ । नेपालगन्जमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा बोल्दै पुर्वमन्त्री र उम्मेदवार राईले यस क्षेत्रका अधिकांश जनताले मात्र विकासको पक्षमा उभिने तथा अन्य कुनै पनि नारा र भ्रममा नपर्ने प्रष्ट पारेको बताउनुभयो ।
अहिले विभिन्न उम्मेदवार मध्ये कसैले धर्म र सम्प्रदाय तथा कसैले अन्य विभिन्न नातागोता जोडेर मत माग्ने गरेको जनाउँदै उहाँले जनताले क्षेत्रको चौतर्फि विकास र भावि पिढीका लागि केही गर्न सक्ने उम्मेदवारलाई मात्रै समर्थन गर्ने मन बनाईसकेको बताउनुभयो ।
उहाँले आफुले मन्त्री हुँदा धेरै योजना आफ्नो जिल्ला र क्षेत्रमा ल्याएकोमा अन्य जिल्ला र क्षेत्रका सांसदले घोर विरोध र आलोचना गर...









