कतार च्याररिटीको सहयोगमा समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवन निर्माण
समाचारदाता
नेपालगञ्ज, भदौ २९ । कतार च्यारिटीको सहयोगमा, काठमाडौँको बूढानिलकण्ठमा निर्मित समाजकल्याण परिषद्कोे व्यावसायिक तालिम केन्द्रको भवनको उदघाटन गरिएको छ ।
नेपालका लागि कतारी राजदूत महामहिम युसुफ मोहम्मद अल–हैलको उपस्थितीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष उमा रेग्मीले उदघाटन गर्नु भएको हो ।
कार्यक्रमको सभापति समेत रहनु भएकी मन्त्री रेग्मीले कतार च्यारेटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीप मुलक तालिम संचाल नहुने र युवाहरुलाई स्वरोजगारको अवस्था सिर्जना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिदै आगामी दिनहरुमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि महामहिम कतारी राजदू...









