बाँकेमा चाडपर्व र निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागु
सिराज खान
नेपालगञ्ज, असोज १३ । दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।
चाडपर्वहरुमा हुनसक्ने विभिन्न अपराधिक घटना रोक्ने तथा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्यसहित बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको हो ।
चाडपर्व र निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार पारेर लागू गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले भारतीय सीमानासँग गाँसिएको बाँके जिल्ला सधैँ जसो सुरक्षा चुनौतीमा रहने गरेको जनाउनुहुँदै सो कुरालाई ध्यानमा राखेर थप प्रहरी परिचालन गरिएको पनि जानकारी दिनुभयो ।
‘‘चाडपर्व र निर्वाचनको रौनक सुरु ...









