सुख्खाग्रस्त घोषित नरैनापुरलाई संकटग्रस्त घोषणा गरेर राहात दिन संघीय र प्रदेश सरकारसंग माग
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २२ । स्थानीय सरकारद्धारा सुख्खा क्षेत्र घोषित नरैनापुर गाउँपालिकालाई जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ ।
१५ प्रतिशत मात्रै रोपाइँ भएको र त्यसमध्येपनि अधिकांश सुखेर नष्ट भैसकेको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल गरी दिन पत्राचार गरेपछि विपद् व्यवस्थापन समितिले किसानलाई राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार समक्ष सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । समितिले प्रयाप्त सिचाँइ, वैकल्पिक बाली प्रबन्धन तथा राहत वितरणको व्यवस्थाका लागि सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।
यस अघि कृषि वैज्ञानिक सहितको टोलीले सो क्षेत्रमा कोसे बालीको खेती गर्न सुझाव समेत दिएको थियो । नरैनापुर गाउँपालिकाले ...









